काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले र्यापिड डाइग्नोस्टिक टेष्ट (आरडिटी) परीक्षण नगर्नको लागि निर्देशन दिएको छ ।
गत साउन १४ गते स्वास्थ्य मन्त्रलयले गरेको निर्णय अनुसार सबै प्रदेश, स्थानीय तथा अस्पतालहरुलाई निर्देशन दिएको हो । कोरोना परीक्षणको लागि आरडिटीलाई एक विधि मानिएपनि विश्वसनियता नरहेको भन्दै रोक्न माग गरिएको थियो ।
आरडिटी परीक्षण गर्नको लागि जानकारी गराउँदै मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले भने, “मिति २०७७ साउन १४ गतेको निर्णय अनुसार कोभिड १९ निदानको लागि आरडिटी परीक्षण नगर्नका लागि सम्पूर्ण प्रदेश, स्थानीय तह तथा अस्पतालहरुलाई पुनः जानकारी गराइएको छ ।”
त्यस्तै देशका विभिन्न अस्पतालहरुमा आकस्मिक सेवासहित अन्य सेवा प्रभावित भएकोले सेवा सञ्चालन गर्नको लागि आग्रह समेत गरेका छन् ।
यसैबीच नेपालमा बितेको २४ घण्टामा नेपालमा थप २४६ जनामा कोरोना भाईरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २० हजार ३३२ पुगेको छ ।
नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण ५७ जनाको मृत्यु भएको छ । आज थप १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगञ्ज महानगरपालिका वडा नं १६ की ६८ वर्षीया महिला रहेकी छिन् ।
पछिल्लो २४ घण्टामा थप १११ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १४ हजार ६०३ पुगेको छ ।
पछिल्लो समय काठमाडौं उपत्यकाका तीन जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर) मा कोरोना संक्रमणको जोखिम बढिरहेको छ । आज मात्रै काठमाडौंमा २२ जना भक्तपुरमा १ जना र ललितपुरमा ८ गरि ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया