भक्तपुरका एक जनामा कोरोना पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा भक्तपुरका एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले आज भक्तपुरका एक जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

नेपाल कोरिया मैत्री अस्पताल भक्तपुरमा गरिएको स्वाब परीक्षणमा भक्तपुरका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार उनको स्वास्थ्य अवस्था समान्य रहेको छ भने उनी चिकित्सकको निगरानीमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा ललितपुरका आठ तथा काठमाडौंका २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैबीच नेपालमा आज (आईतवार) थप २४६ जनामा कोरोना भाईरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २० हजार ३३२ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा २४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।

उनका अनुसार (कोभिड १९) संक्रमण पुष्टि भएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् । संक्रमण पुष्टि भएकाहरुको सम्पर्कमा रहेकाहरुको कन्ट्याक ट्रेसिङ गर्ने कार्य भईरहेको मन्त्रालयले जनाएको छ ।

नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण ५७  जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा थप १११ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १४ हजार ६०३ पुगेको छ ।

नेपालमा हिजो (शनिवार) ३१५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?