सभामुखसहित उनको सुरक्षामा खटिएका सुरक्षाकर्मी सबैको पीसीआर रिपोर्ट नेगेटिभ

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा, उनको स्वकीय सचिवालय र सुरक्षामा खटिएका सुरक्षाकर्मी सबैको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको सचिवालयले जनाएको छ ।
सभामुख सापकोटाको स्कर्टिङमा रहेको सवारी साधनमा खटिएका एक सुरक्षाकर्मीमा कोरोना पोजेटिभ देखिएपछि स्वास्थ्य प्रोटोकलअनुसार शुक्रबार सभामुख सापकोटासहित स्वकीय सचिवालयका कर्मचारी र सुरक्षाकर्मीको स्वाव संकलन गरी पिसिआर विधिबाट परीक्षण गरिएको थियो ।
गएराति अबेर प्राप्त रिपोर्टमा सबैको नेगेटिभ रहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका सुचना अधिकारी राजेश कुमार गुप्ताले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?