प्रहरी प्रधान कार्यालयका २७ जनालाई कोरोना संक्रमण

काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालका २७ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

गत आईतवार चार जनामा कोरोना संक्रमण पुष्टि भएपछि गरिएको स्वाब परीक्षणमा आज एकैपटक २३ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको प्रहरी प्रवक्ता निरज कुमार शाहीले लोकपथलाई जानकारी दिए ।

उनका अनुसार कोरोना संक्रमित हुनेहरुमा ४ जना ड्राइभर र अन्य २३ जना मेकानिक्स रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?