काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा स्थायी कमिटी बैठक बस्ने भएको छ ।
आज ११ बजेको लागि तय गरिएको बैठक अन्तिम अवस्थामा आएर रोकिएको थियो । दुबै अध्यक्षद्वारा परामर्शको लागि भनिएपनि प्रचण्ड पक्षले भने उक्त कुरा स्वीकार गरेको थिएन् ।
पूर्व निर्धारित समयमा बैठक स्थगित गरेको सूचना बाहिरिएपनि प्रचण्ड भने प्रधानमन्त्री निवास बालुवाटार पुगिसकेका थिए । अहिले झलनाथ खनाल, माधवकुमार नेपाल र प्रचण्ड बैठक कक्षमा पुगिसकेका छन् । अन्य स्थायी कमिटी सदस्यहरू आउने क्रम जारी रहेको एक स्थायी कमिटी सदस्यले लोकपथलाई जानकारी दिए ।
यो पनि
नेकपामा किन भेटिएन सञ्जीवनी बुटी, के प्रधानमन्त्रीको ‘कुर्सी भाँच्न’ चाहन्छन् ओली ?
नेकपा स्थायी कमिटी बैठकः प्रचण्ड समूहको निर्णय होला त निर्णायक ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया