ओलीको एकल निर्णयले स्थायी कमिटी स्थगित, प्रचण्ड बालुवाटार जाँदै

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटि बैठक स्थगित भएको छ ।

गत असार १० गतेबाट जारी बैठक असार १६ गते यता बस्न सकेको छैन् । विभिन्न कारण देखाउँदै स्थगित बैठक आज ११ बजेको लागि तोकिपनि अन्तिम समयमा स्थगित भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले बताए ।

दुबै अध्यक्षबीच परामर्शका लागि स्थगित गरिएको भनिएपनि पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले एक तर्फी रुपमा बैठक रोकेको अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्षको आरोप रहेको छ ।

एकतर्फी रुपमा बैठक स्थगित गरेको घोषणा गरिएपनि प्रचण्ड लगायत आफूहरु बालुवाटार जाँदै गरेको एक स्थायी कमिटि सदस्यले लोकपथलाई बताए ।

यो पनि

नेकपामा किन भेटिएन सञ्जीवनी बुटी, के प्रधानमन्त्रीको ‘कुर्सी भाँच्न’ चाहन्छन् ओली ?

नेकपा स्थायी कमिटी बैठकः प्रचण्ड समूहको निर्णय होला त निर्णायक ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?