काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटि बैठक आज पनि सरेको छ । आज ११ बजेका लागि तय गरिएको बैठक पार्टीका दुई जना अध्यक्षकाबीच आवश्यक परामर्श र गृहकार्य गरी सचिवालयको बैठकको निर्णय र निर्देशनबमोजिम प्रस्ताव तय गर्न बाँकी रहेको हुनाले स्थगित गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए ।
त्यस्तै अध्यक्षहरुबीचको परामर्शपश्चात अर्को बैठकको सूचना टाँस गरिने उनले बताए ।
पार्टी भित्रको आन्तरिक विवाद समाधानका लागि गत असार १० गतेबाट स्थायी कमिटि जारी रहेको छ । तर असार १६ गते यता मिति तोकिएरब बैठक स्थगित हुँदै आइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया