नेकपा स्थायी कमिटी बैठक : प्रचण्ड समूहको निर्णय होला त निर्णायक ?

काठमाडौं – गत असार १० गतेबाट सुरु भएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक पटक – पटक गरेर ८ औँ पटकसम्म स्थगित भएको भईसकेको छ ।

यो बीचमा शिर्ष नेताहरुबीच ‘वान टु वान’ वार्ता दोहोरीएतापनि कुनै निष्कर्ष निस्केको छैन । बरु प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले अनेकन जुक्ति अपनाएर पार्टीलाई ‘मुभअन’ हुनबाट अल्मल्याईरहेका छन् ।

पछिल्लो पटक उनले फ्याँकेको अर्ली महाधिवेसनको कार्डले पार्टीको विवाद कता जान्छ भन्ने नै टुंगो छैन ।

गत असार १० गतेयता ८ पटकसम्म स्थगित गरीएको नेकपा स्थायी कमिटी बैठक पछिल्लोपटक गत ६ गते केहि घण्टालाई सारेर फेरी एक सातापछि आज (मंगलबार) सम्मको लागि स्थगित गरीएको थियो ।

पार्टीमा देखिएको आन्तरीक कलह सतहमा देखिन थालेको ४ महिना पूरा भईसक्दा कुनैपनि निष्कर्ष ननिस्कीएका कारण नेकपा स्थायी कमिटी बैठक मिती तय गर्दै स्थगित गरिँदै आएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुई पद प्रधानमन्त्री र पार्टी अध्यक्ष मध्ये एक खाली गर्नको लागि प्रचण्डले गरेको प्रस्तावमा उनले सिधै ुरिजेक्टु गरेपछि सचिवालयका बहुमत सदस्यले दुवै पदबाट राजीनामा मागिरहेका छन् ।

यसअघि यहि किचलोका कारण स्थायी कमिटी बैठक रोकिईरहनुले जनतामा नराम्रो प्रभाव पर्नसक्ने भन्दै पछिल्लो समय पार्टीको दोस्रो वरीयताका नेताहरु भेटघाट र लामो छलफलमा जुटेका थिए । यो बीचमा हिजो ९सोमबार० आजको स्थायी कमिटी बैठक कुनैपनि बहानामा नरोक्ने र यदि पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली बैठकमा आएनन् वा सहमतिमा आएनन् भने बहुमतका आधारमा निर्णय गरेर अघि बढ्ने ओलीइतर समूहले निर्णय गरेको थियो ।

त्यसो त स्थायी कमिटी बैठकका अधिकांश सदस्य पछिलो समय ओलीसँग रुष्ट छन् । सचिवालयमा पनि ओलीईतर समूहको बहुमत पुग्दछ ।

त्यसैले पटक पटक गरी ८ पटकसम्म र २ पटक केहि घण्टापछि बस्ने भन्दै स्थगित गरिएको बैठक केहि निर्णायक होला कि   भन्ने मान्न सकिन्छ । यसैकारण आजको स्थायी कमिटी बैठक नरोकिनेमा ओली ईतर समूह प्रष्ट छ ।

पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा हिजो (सोमबार) बसेको बैठकले ओलीले कुनै पद पनि नछोड्ने र पार्टी विवाद व्यवस्थापनका लागि पहल पनि नगर्ने अवस्था दोहोर्‍याईरहेका कारण पार्टी विवाद जटिल बनाएको भन्दै यस्तो निर्णय गरेका थिए । बैठकमा पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ सहभागी थिए ।

यसअघि हिजो (सोमबार) बिहान नै प्रचण्डले गृहमन्‍त्रीसमेत रहेका सचिवालय सदस्य रामबहादुर थापा बादलसँग पनि छलफल गरेका थिए। तसर्थ प्रचण्डसमूह आजको बैठक अघि बढ्नेमा ढुक्क छ ।

यतिबेला प्रचण्ड समूहमा नेता माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादल छन् । यसैबले उनी बहुमतका साथ पेलेरै जाने मनस्थितीमा पुगेका छन् । ओली समूहमा ईश्वर पोखरेल र विष्णु पौडेल मात्रै छन् ।

सचिवालयका एक सदस्यले लोकपथसँग भने – “आजको बैठक सम्भवत नरोकिएला !”

आन्तरिक विवाद चुलिएका कारण स्थायी कमिटी बैठक असार १८ गते यता बस्न सकेको छैन।

बैठक बिहान ११ बजे बालुवाटारमा बस्ने बताईएको छ ।

गत असार १० गते स्थायी कमिटीको पाँचौँ बैठक ७ ओटा एजेण्डा तय गरी छलफल सुरु भएको थियो ।

थप टाढिए

३ दिनअघि प्रचण्डले ओली पार्टी फुटाउन लागिपरेको आशयको अभिव्यक्ति दिएसँगै दुई नेता थप टाढिएका छन् ।

यही लफडाका बीच नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा देखिएको आन्तरिक विवाद थप पेचिलो बन्दै भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?