दैलेखमा अत्यावश्यक बाहेक सबै सेवा बन्द

दैलेख । कोरोना महामारीको जोखम न्यूनिकरणको लागि जिल्लामा अत्यावश्यक बाहेकका सबै सेवा बन्द भएका छन् ।

लकडाउन पश्चात जिल्लामा १५ हजार बढी मानिसहरु भारतबाट नेपाल भित्रिसकेका छन् र उनीहरुमध्ये ८ सय ९० जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । जिल्ला प्रशासन कार्यालय दैलेखले स्थानीय तह, सबै सरकारी कार्यालय, सहकारी संस्था तथा सबै बैंक तथा वित्तीय संस्थाका सेवा बन्द गर्नका लागि निर्देशन दिएको हो ।

हालसम्म कृषि कार्यालय दैलेखका २६ जना कर्मचारीमा कोरोना गरिएको कोरोना परीक्षणमा ८ जना कर्मचारीमा संक्रमण देखिसकेको छ । लकडाउन स्थगित गरिएसँगै मानिसहरुको आवतजावत बढी हुने भएकाले अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्न निर्देशन दिइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?