घट्दै क्वारेन्टाइनमा बस्नेको संख्या, हेर्नुहोस् प्रादेशीक विवरणसहित

काठमाडौं । नेपालमा पछिल्लो समय क्वारेन्टाइमा बस्नेहरुको संख्या घटिरहेको छ । हाल १९ हजार ४ सय ४४ जना क्वारेन्टाइनमा रहेका छन् । रहेको मध्ये सबैभन्दा धेरै सुदूरपश्चिम प्रदेशमा ५ हजार ८ सय ६७ जना रहेका छन् । भने सबैभन्दा कम कर्णाली प्रदेशमा १ हजार १ सय ८५ रहेका छन् ।

हाल नेपालमा ५ हजार ३ सय ८३ जना कोरोना संक्रमित(एक्टिभ केसहरु) देशका विभिन्न अस्पतालहरुमा उपचार गराइरहेका छन् । हालसम्म १८ हजार ३ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने १२ हजार ९ सय ४७ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । बितेको २४ घण्टामा मात्र थप १ सय ७ जना कोरोना मुक्त भएका हुन् । पुष्टि भएको कुल कोरोना संक्रमितमध्ये ७० दशमलव ४७ प्रतिशत उपचारपछि निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

पछिल्लो २४ घण्टामा थप १ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हाल रहेका सक्रिय संक्रमितमध्ये सबैभन्दा धेरै प्रदेश नं २ मा रहेका छन् । जहाँ १ हजार ९ सय १ जना रहेका छन् भने सबैभन्दा कम प्रदेश नं १ मा १ सय ४७ रहेका छन् ।

कुन प्रदेशमा कति छन् क्वारेन्टाइनमा ?

प्रदेश नं १ मा २ हजार २ सय २२ जना

प्रदेश नं २ मा २ हजार ४ सय ६८ जना

बाग्मती प्रदेशमा १ हजार ४ सय ३७ जना

गण्डकी प्रदेशमा ३ हजार २ सय ८० जना

प्रदेश नं ५ मा २ हजार ९ सय ८५ जना

कर्णाली प्रदेशमा १ हजार १ सय ८५ जना

सुदूरपश्चिम प्रदेशमा ५ हजार ८ सय ६७ जना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?