काठमाडौं । हाल नेपालमा ५ हजार ३ सय ८३ जना कोरोना संक्रमित(एक्टिभ केसहरु) देशका विभिन्न अस्पतालहरुमा उपचार गराइरहेका छन् ।
हालसम्म १८ हजार ३ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने १२ हजार ९ सय ४७ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । बितेको २४ घण्टामा मात्र थप १ सय ७ जना कोरोना मुक्त भएका हुन् । पुष्टि भएको कुल कोरोना संक्रमितमध्ये ७० दशमलव ४७ प्रतिशत उपचारपछि निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
पछिल्लो २४ घण्टामा थप १ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हाल रहेका सक्रिय संक्रमितमध्ये सबैभन्दा धेरै प्रदेश नं २ मा रहेका छन् । जहाँ १ हजार ९ सय १ जना रहेका छन् भने सबैभन्दा कम प्रदेश नं १ मा १ सय ४७ रहेका छन् ।
कुन प्रदेशमा कति छन् सक्रिय संक्रमित ?
प्रदेश नं १ मा १ सय ४६ जना
प्रदेश नं २ मा १ हजार ९ सय १ जना
बाग्मती प्रदेशमा ४ सय ३९ जना
गण्डकी प्रदेशमा ३ सय ३१ जना 1
प्रदेश नं ५ मा ३ सय ५४ जना
कर्णाली प्रदेशमा ३ सय १५ जना
सुदूरपश्चिम प्रदेशमा १ हजार ८ सय ९७ जना
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया