कोरोना संक्रमितको हिसावले नेपाल विश्वको कति औँ स्थानमा ?

काठमाडौं । कोरोना भाइरसको महामारी यतिबेला जताततै व्याप्त छ । यो समाचार तयार पार्दासम्म विश्वमा ६ लाख ३६ हजार ४७९ जनाको मृत्यु भएको छ भने १ करोड ५६ लाख ५४ हजार ६४९ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ९५ लाख ३५ हजार ६४१ जना कोरोना संक्रमण मुक्त भएका छन् भने विश्वमा ६६ हजार २५४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै विश्वमा अहिले ५४ लाख ८२ हजार ५२९ जना स्वास्थ्योपचार गराईरहेका छन् । विश्वमा पछिल्लो २४ घण्टामा ८१३ जनाको मृत्यु भएको छ भने १२ हजार ६६२ जना नयाँ संक्रमित थपिएका छन् ।

यसैबीच नेपालमा अहिलेसम्म कोरोना भाइरसका कारण ४३ जनाको मृत्यु भएको छ भने १८ हजार २४१ जनालाई संक्रमण भएको छ । अहिले नेपालमा ५ हजार ३५८ जना कोरोना संक्रमित उपचाररत रहेका छन् ।

अहिलेसम्म कुल संक्रमित मध्ये १२ हजार ८४० जना स्वास्थ्योपचार पछि संक्रमण मुक्त भएका छन् । नेपाल कोरोना संक्रमितको हिसावले विश्वको ६४ औँ स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?