गण्डकी । टाउकोमा गम्भीर चोट लागि उपचाररत विश्व गुरुङको सहयोगार्थ बेलायत र हङ्कङबाट सङ्कलित दुई लाख ७५ हजार रुपैयाँ नगद प्रदान गरिएको छ । पर्वत मोदी गाउँपालिका–१ लौसीबोट घर भई हाल पोखरा १२ फूलबारी सफा मार्गमा बस्दै आएका उनको दुई वर्ष अघि भर्याङबाट लड्दा टाउकोमा गम्भीर चोट लागेको थियो । २५ वर्र्षीय गुरुङको उपचारपछि पनि हालसम्म होस खुल्न सकेको छैन ।
उपचारमा एक करोडभन्दा बढी रकम खर्च भइसकेको र हाल उपचारका लागि आर्थिक अभाव भएपछि बेलायतमा रहेका नेपाली, लौसीबोट हङकङ समाज र लौसीबोट बेलायतबाट सङ्कलित सो रकम उहाँकी आमा डिलकुमारी गुरुङलाई प्रदान गरिएको छ ।
सहयोग रकम पर्वत घर भई हाल पोखरा १० अमरसिंहचोकमा बस्दै आएका युनाइटेड क्लबका अध्यक्ष लालकाजी गुरुङ र लक्ष्मी गुरुङको संयोजनमा लौसीबोट पोखरा सम्पर्क समाजका अध्यक्ष लोकबहादुर गुरुङ र लौसीबोट गाउँ समाजका अध्यक्ष कुलवीर गुरुङले विश्वका आमा डिलकुमारीलाई हस्तान्तरण गरेका हुन् । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया