लकडाउन अवधिमा मुलुक भित्रिनेभन्दा बाहिरिनेको संख्या आधा कम रहेको पाइएको छ । सरकारले लकडाउन गरेयता चैत १४ देखि असार ३१ गतेसम्म नेपालसहित २२ मुलुकका २७ हजार ६ सय ५४ नागरिक हवाईमार्ग हुँदै स्वदेश फिर्ता भएका छन् भने ९३ मुलुकका १५ हजार ६ सय ८८ नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपालबाट बाहिरिएका छन् ।
जसमा नेपालीको संख्या ७ हजार ६८४ नेपाली रोजगारीको लागि कोरिया र जापान लगायतका श्रम गन्तव्यमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रस्थान गर्ने नेपालीको संख्या भएको अध्यागमन विभागका महानिर्देशक रमेशकुमार केसीले बताए । यो समयमा स्वदेश फिर्ता हुनेमा २७ हजार ५८३ नेपाली नागरिक रहेका छन् ।
बाहिरिनेमा सबैभन्दा बढी विदेशी नागरिकमा १२ सय १४ अमेरिकी र ८ सय ९७ बेलायती रहेको विभागले जनाएको छ । यसैगरि, लकडाउनको समयमा ७१ विदेशी नागरिक नेपाल भित्रिएका छन् । चैत १४ देखि असार ३१ गतेसम्म ७१ विदेशी नागरिकमात्र नेपाल भित्रिएको अध्ययागमन विभागले जनाएको छ । यसरी भित्रिएका नागरिकमध्ये कुटनीतिक नियोगका कर्मचारी र नेपाली मूलका नागरिक रहेका छन् । कारोबार दैनिकमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया