काठमाडौं । काठमाडौंस्थित सीतापाइलामा युवतीमाथि एसिड आक्रमण गर्ने व्यक्ति पक्राउ परेका छन्। ओखलढुंगा स्थायी ठेगाना भएकी २२ वर्षीया युवतीमाथि बिहीवार साँझ ७ बजेर ५५ मिनेट जाँदा नागार्जुन नगरपालिका ४ सृजनशील टोलस्थित घरनजिकै एसिड प्रहार भएको थियो।
रौतहट लक्ष्मीपुर घर भई हाल काठमाडौं महानगरपालिका डल्लु बस्ने मोहम्मद आलम र भारतीय नागरिक मुन्ना महम्मद छन् पक्राउ परेका हुन् ।
महानगरीय प्रहरी अपराध महाशाखा र महानगरीय प्रहरी परिसर काठमाडौंको संयुक्त टोलीले बिहीवार राति ११ बजे उनीहरुलाई पक्राउ गरेको हो। सामान किनमेलका लागि बाहिर निस्किएका बेला युवतीमाथि एसिड आक्रमण भएको थियो ।
युवतीले अर्कै केटा मन पराएको भन्दै ट्वाइलेट सफा गर्ने एसिडले उनीहरुले युवतीमाथि आक्रमण गरेको प्रहरीले जनाएको छ। युवतीको हाल कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया