कोरोना विश्व अपडेटः ६ लाख ३२ हजार बढीको मृत्यु, कति पुगे संक्रमित ? (विवरणसहित)

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण यो समाचार तयार पार्दासम्म ६ लाख ३२ हजार ८ सय २३ जनाको ज्यान गएको छ । हालसम्म विश्वभरका १ करोड ५५ लाख १० हजार ४ सय ५० जनामा कोरोना संक्रमण फैलिएको छ । हालसम्म विश्वभरबाट ९४ लाख ४० हजार ८६ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ६६ हजार २ सय २२ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

संयुक्त राज्य अमेरिकामा हालसम्म सबैभन्दा बढी कोरोना संक्रमणको असर देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा १ लाख ४६ हजार ६ सय ६५ जनाको ज्यान गइसकेको छ । बितेको २४ घण्टामा २८ हजार ५ सय ३० जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ४१ लाख २९ हजार ४ सय ५ पुगेको छ । हालसम्म १९ लाख ५३ हजार ९ सय ५८ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १६ हजार १ सय ६१ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र ८ सय ८२ जनाको कोरोनाको कारण ज्यान गएको छ ।

त्यस्तै ब्राजिलमा बितेको २४ घण्टामा १० हजार ५ सय २३ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या २२ लाख ४२ हजार ३ सय ९४ पुगेको छ । हालसम्म ब्राजिलमा कोरोनाको कारण ८३ हजार ३६ जनाको कोरोनाको कारण ज्यान गएको छ । वल्डोमिटरको तथ्यांक अनुसार १५ लाख ३२ हजार १ सय ३८ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये ८ हजार ३ सय १८ जनाको अवस्था गम्भीर रहेको छ । भने बितेको २४ घण्टामा मात्र कोरोनाको कारण १ सय ४६ जनाको ज्यान गएको छ ।

त्यस्तै छिमेकी देश भारतमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ३० हजार ६ सय ४३ पुगेको छ । बितेको २४ घण्टामा ४६ हजार ७ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या १२ लाख ८६ हजार ४ सय ३० पुगेको छ । हालसम्म ८ लाख १५ हजार ९ सय ७९ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र कोरोनाको कारण ७ सय ५३ जनाको ज्यान गएको र संक्रमित मध्ये ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भीर रहेको छ ।

त्यस्तै रसियामा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १२ हजार ८ सय ९२ पुगेको छ । बितेको २४ घण्टामा ५ हजार ८ सय ४८ जनामा कोरोना पुष्टि भएको र १ सय ४७ जनाको कोरोनाको कारण ज्यान गएको छ । हालसम्म ७ लाख ९५ हजार ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने संक्रमितमध्ये ५ लाख ८० हजार ३ सय ३० जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये २ हजार ३ सय जनाको अवस्था गम्भीर रहेको छ ।
त्यस्तै दक्षिण अफ्रिकामा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ५ हजार ९ सय ४० पुगेको छ । हालसम्म ३ लाख ९४ हजार ९ सय ४८ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै संक्रमितमध्ये ५ सय ३९ जनाको अवस्था गम्भीर रहेको छ । भने बितेको २४ घण्टामा त्यहाँ कोरोनाको कुनै असर देखिएको छैन् ।

पेरुमा बितेको २४ घण्टामा कोरोना संक्रमणको कुनै असर देखिएको छैन् । हालसम्म पेरुमा १७ हजार ४ सय ५५ जनाको कोरोनाको कारण ज्यान गएको छ । त्यस्तै ३ लाख ६६ हजार ५ सय ५० जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै हालसम्म २ लाख ५२ हजार २ सय ४६ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १ हजार ३ सय ५१ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

मेक्सिकोमा बितेको २४ घण्टामा ६ हजार १९ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ३ लाख ६२ हजार २ सय ७४ पुगेको छ । हालसम्म कोरोनाको कारण ४१ हजार १ सय ९० जनाको ज्यान गएको र पछिल्लो २४ घण्टामा मात्र ७ सय ९० मृतक थपिएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । हालसम्म मेक्सिकोमा २ लाख ३१ हजार ४ सय ३ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये ३ हजार ८ सय ८३ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

त्यस्तै चिलिमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ८ हजार ८ सय ३८ पुगेको छ । चिलिमा बितेको २४ घण्टामा २ हजार बढीमा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ३ लाख ३८ हजार ७ सय ५९ पुगेको छ । त्यस्तै संक्रमितमध्ये ३ लाख ३१ हजार ४ सय ३१ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । भने संक्रमितमध्ये १ हजार ७ सय १२ जनाको अवस्था गम्भीर रहेको छ ।

त्यस्तै स्पेनमा यो समाचार तयार पार्दासम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या २८ हजार ४ सय २९ पुगेको छ । हालसम्म ३ लाख १७ हजार २ सय ४६ जनामा कोरोना संक्रमण देखिएको र संक्रमितमध्ये ६ सय १७ जनाको अवस्था गम्भीर रहेको छ । वल्डोमिटरको तथ्यांक अनुसार स्पेनमा बितेको २४ घण्टामा ३ जनाको कोरोनाको कारण ज्यान गएको छ र २ हजार ६ सय १५ जनामा संक्रमण फैलिएको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?