काठमाडौं । काठमाडौंको सीता पाइलामा २२ वर्षीया युवतीमाथि एसिड प्रहार भएको छ ।
स्थायी घर ओलखढुंगा भएकी ती युवतीमाथि घरबाहिर दही किन्न निस्कँदा एसिड प्रहार भएका डीएसपी निरञ्जनदत्त भट्टले जानकारी दिए । भट्टका अनुसार उनको मुखमा लागेको छ ।
साथै उनको कीर्तिपुरको बर्न अस्पतालमा उपचार भइहेको भट्टले बताए । कस्ले र के कारण उनीमाथि एसिड प्रहार गर्यो भन्ने विषयमा छानविन भइरहेको भट्टले जानकारी दिए ।
यसअघि पाँच महिना पहिले नुवाकोटका एक पुरुषलाई आफ्नै श्रीमतीले एसिड प्रहार गरेकी थिईन् । काठमाडौंको तारकेश्वर नगरपालिका–४, पुरानो गुहेश्वरीमा बस्दै आएका २४ वर्षीय रामराजा थापामाथि घरमा सुतिरहेको अवस्थामा श्रीमतीले एसिड प्रहार गरेकी हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया