यी जिल्लामा छन् ५०० बढी उपचाररत संक्रमित, देशभर कति छ ‘एक्टिभ केस’ ?

काठमाडौं – नेपालमा आज (बिहाबार) थपिएका १४७ जना संक्रमितसँगै कोरोना संक्रमितको कुल संख्या १८ हजार २४१ पुगेको छ ।

नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण ४३ जनाको मृत्यु भएको छ । बितेको २४ घण्टामा विरगंजका एक पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।

पछिल्लो २४ घण्टामा थप १५६ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १२ हजार ८४० पुगेको छ ।
यसैबीच हालको अवस्थामा नेपालमा उपचार गराईरहेकाहरुको संख्या अर्थात् ‘Active case’ ५ हजार ३ सय ५८ पुगेको छ ।
उनीहरुमध्ये ५०० भन्दा बढी संक्रमित रहेका ३ जिल्लाहरु छन्,
रौतहट
कैलाली
र बाजुरा
यसैबीच बितेको २४ घण्टामा थपिएका संक्रमितको विवरण यस्तो छ :
धनकुटा २ जना, सुनसरी २ जना, मोरङका ८ जना, झापाका १ जना, सिरहाका २ जना, सप्तरीका ७ जना, पर्साका १७ जना, भक्तपुरका २ जना, ललितपुरका २ जना, काठमाडौंका ५ जना, महोत्तरीका १ जना, पर्वतका १ जना, कास्कीका २ जना, स्याङ्जाका १ जना, पर्वतका २ जना, रुपन्देहीका १३ जना, प्यूठानका २ जना, नवलपरासीका १ जना, सुर्खेतका ५ जना, सल्यानका १ जना, दैलेखका २४ जना, डडेल्धुराका २ जना, डोटीका ७ जना, कैलालीका २ जना, बझाङका १ जना, कञ्चनपुरका ३० जना गरी बितेको २४ घण्टामा नेपालमा थप १४७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?