काठमाडौं – सरकारले हिजो बुधबारबाट लकडाउन हटाएसँगै सडकमा सवारी साधनको आवतजावत निकै बाक्लो छ ।
विभिन्न चोकहरुमा ट्राफिक जाम समेत भएको छ । गत असार १ गतेबाट लकडाउन खुकुलो भएपछि सार्वजनिक तथा निजी सवारी साधनलाई जोरबिजोर प्रणाली लागू गरिएकोमा यो पनि फूकुवा भएपछि काठमाडौंमा सवारीको चाप बढेको हो ।
अहिलेको अवस्थामा ति सवारी छोटो दूरीमा एक जिल्लाबाट अर्को जिल्लामा जान पाएतापनि लामो दूरीको यात्रा तय गर्न भने पाउने छैनन् । काठमाडौं उपत्यकाभित्र प्रस्थान गर्ने नाकाहरुमा सम्बन्धित निकायबाट जारी भएका पास लिएर मात्र आउजाउ गर्न पाइनेछ। यसर्थ नाकाबाट आवत जावतको लागि पहिलेकै व्यवस्था छ।
अब भिडभाड गरेर यात्रु राखेर सार्वजनिक सवारी चलाउन पाइनेछैन। सवारी साधनमा कोरोना भाईरस ‘कोभिड – १९’ संक्रमणबाट जोगिनको लागि मास्क, सेनिटाईजर लगायत सुरक्षाको व्यवस्था मिलाउनु पर्छ भने सहचालकले अनिवार्य रुपमा सेनिटाईजर र मास्क प्रयोग गरी यात्रुले त्यो नियम पालना गरे नगरेको हेर्नुपर्नेछ ।
४ महिना लामो लकडाउन खुलेपछि मानिसहरु पनि बाहिर निस्केका छन् ।
जोखिम नघटेको यो अवस्थामा मानिसहरुको बाक्लो भिडभाड, सवारी चाप लगायतका कारण कोरोना भाईरस ‘कोभिड- १९’ संक्रमण हुनसक्ने भन्दै स्वास्थ्यविद्ले चिन्ता व्यक्त गरेका छन् । उनीहरुको साझा मत छ – ‘हिजोको घटनाक्रम हेर्दा पनि मानिसहरुको ‘यस्तै लापरबाही प्रवृति दोहोरीने हो भने’ समस्या आउन सक्छ । हिजो पहिलो दिन नै काँठ क्षेत्रमा सार्वजनिक सवारीको सिट नियम लागू नभएको पाईएका थिए ।
यसैबीच अहिले कोरोना भाईरसको सन्दर्भलाई लिएर विभिन्न खोज तथा अनुसन्धान भईरहेको छ । पछिल्लो एक शोधले कोरोना भाईरसबाट बच्न भुलेर पनि केही कामहरु गर्न नहुने जनाएको छ ।
अहिले सारा विश्व कोरोना भाइरसको महामारीसँग लडिरहेको छ । तर अहिलेसम्म कोरोना भाइरसविरुद्धको कुनै पनि भ्याक्सीन उपलब्ध भएको छैन । यस्तो अवस्थामा ‘सोसल डिस्टेन्सिङ र मास्क’ लगाउनुलाई नै मुख्य उपाय मानिएको छ ।
कोरोनाबाट बच्नका लागि डाक्टरले दिएका १० उपायहरु :
१. कोरोनाबाट बच्नको लागि काँचो मासु नखानुहोस्, खानै मन लागे राम्रोसँग पकाएर मात्र खानुहोस् ।
२. यदि तपाईमा कोरोना भाइरसको लक्षण देखिएको छ भने आफूलाई ‘आईसोलेट’ गर्नुहोस् । घरका मानिससँग पनि नमिल्नुहोस्, यदि अत्यावश्यक नै छ भने उचित दुरी कायम गर्नुहोस् र कुनै पनि सार्वजनिक सवारीको प्रयोग नगर्नुहोस् ।
३. सरसफाईको लागि आफ्नो हात लगातार धुनुहोस्, हातमा फोहोर नभए पनि त्यसलाई धुनुहोस् । हात धोएपछि टिस्यूले पुच्छ्नुहोस् । पानी नभए स्यानिटाइजरको प्रयोग नगर्नुहोस् ।
४. जो मानिस हाच्छ्यूँ गरिरहेको छ, उक्त व्यक्तिबाट टाढै रहनुहोस् । साथै आफ्नो अनुहार, नाक र आँखा नछुनुहोस् । कतै बाहिर जानु छ भने मास्क अनिवार्य लगाउनुहोस् ।
५. कोरोना भाइरसको इन्फेक्सनबाट बच्नको लागि आफ्नो कोठाको तापक्रम ३० डिग्री सेल्सियस भन्दा धेरै राख्नुहोस् ।यसबाट भाइरसको संक्रमण हुने सम्भावना कम हुन्छ । साथै एसीको प्रयोग नगर्नुहोस् ।
६. झ्याल ढोका खुल्ला राखेर ताजा हावामा श्वास लिनुहोस्, तर यो सार्वजनिक स्थानमा नगर्नुहोस् । यो आफ्नो घरमा मात्र गर्नुहोस् ।
७. फोन वा अन्य आवश्यक चिज, वा धेरै प्रयोग गरिरहने कुराको सरसफाइमा पनि विशेष ध्यान दिनुहोस् । त्यसलाई प्रयोग गरेपछि स्यानिटाइजरको प्रयोग गर्नुहोस् ।
८. यदि तपाईलाई खोकी, कफ र श्वास फेर्नमा समस्या छ भने र बितेको १४ दिन यता कोहि संक्रमित व्यक्तिलाई भेट्नुभएको छ भने नजरअन्दाज नगर्नुहोस् । यसबारेमा डाक्टरसँग तत्काल जानकारी गराउनुहोस् ।
९. धेरै पानी पिउनुहोस्, धेरैजसो तातो पानीको प्रयोग गर्नुहोस् । साथै कसैको जुठो पानी नपिउनुहोस् ।
१०. घरमा तपाईको हात लगातार गईरहेको ठाउँ छ भने त्यो ठाउँमा लगातार स्यानिटाइजर गर्नुहोस्, जसले कोरोना फैलाउने खतरा कम हुन्छ ।
कोरोनाबाट बच्न :
मास्कको अनिवार्य प्रयोग गर्नुहोस्
भौतिक दूरी कायम गर्नुहोस्
साबुनपानीले समय समयमा हात धुनुहोस्
समयसमयमा सेनिटाईजर हातमा राम्ररी दल्नुहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया