सरकारी खर्च र रेमिट्यान्स बढेपछि बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकम (अधिक तरलता) थुप्रिन थालेको छ ।
सोही क्रममा मंगलबारसम्म करिब २ खर्ब रुपैयाँ लगानीयोग्य रकम वित्तीय प्रणालीमा जम्मा भएको छ । आर्थिक वर्ष हालै सकिएकाले सरकारी खर्चबापतको रकम बैंकमा आउन थालेको, अघिल्ला महिनाको तुलनामा रेमिट्यान्स बढेको, नयाँ कर्जा प्रवाह नभएकोलगायतका कारण प्रणालीमा धेरै लगानीयोग्य रकम जम्मा भएको राष्ट्र बैंकले बताएको छ ।
राष्ट्र बैंकको तथ्यांकअनुसार मंगलबारसम्म वित्तीय प्रणालीमा १ खर्ब ९३ अर्ब रुपैयाँ अधिक तरलता छ । यो रकम अनिवार्य नगद मौज्दात (सीआरआर) बाहेकको हो । कान्तिपुरमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया