चिनियाँ ह्याकरले खोप विकासका लागि क्रियाशील प्रयोगशालालाई निसाना बनाए

अमेरिकाले चीनद्वारा प्रायोजित ह्याकरहरूले कोरोना भाइरस (कोभिड–१९) को खोप विकासका लागि क्रियाशील प्रयोगशालालाई निसाना बनाइरहेको आरोप लगाएको छ ।
अमेरिकी न्याय मन्त्रालयले कोभिड–१९ बारे अनुसन्धान गरिरहेका अमेरिकी कम्पनीहरूबारे दुई जना चनियाँ नागरिकले जासुसी गरेको अभियोग लगाएका छन् ।
ती ह्याकरहरूले सूचना चोरी गर्न सरकारी सूत्रहरूबाट सहयोग लिएको अमेरिकी सरकारले दाबी गरेको छ । अधिकारीका अनुसार ती दुई जनालाई साइबर गुप्तचरीविरुद्ध अमेरिकी सरकारको अभियानअन्तर्गत मुद्दा चलाइएको छ ।
इलेक्ट्रिकल इन्जिनियरिङका दुई विद्यार्थी ली सियाओई र डुङ जियाजमाथिको अभियोग मंगलबार सार्वजनिक गरिएको हो । अभियोजनकर्ताहरूले उनीहरू दुई जनामाथि कोभिड–१९ को सम्भावित खोपबारे अनुसन्धान गरिरहेको म्यासचुसेट्सको बायोटेक कम्पनीमा गत जनवरीमा जासुसी गरेको आरोप लगाएका छन् । त्यसको एक साता नपुग्दै उनीहरूले कोभिड–१९ बारे अनुसन्धान गरिरहेको मेरिल्यान्डस्थित कम्पनीको सूचना पनि ह्याक गरेको दाबी अमेरिकी अधिकारीको छ । अधिकारीहरूका अनुसार यी दुवै जना निजी ह्याकर हुन्, जसले विभिन्न समयमा चिनियाँ गुप्तचर निकाय र राज्य सुरक्षा मन्त्रालयबाट पनि सहयोग लिँदै आएका छन् ।एजेन्सीलाई उदृत गर्दै कान्तिपुरले खबर छापेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?