सरकारले भन्सार महसुल बढाएसँगै विद्युतीय सवारीको आयात ठप्प भएको छ । महसुल वृद्धिले व्यवसायीले जेठ १५ पछि विद्युतीय सवारी ल्याउन नसकेको नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले जनाएको छ ।
गत वर्षसम्म विद्युतीय सवारीमा १० प्रतिशत मात्रै भन्सार महसुल लाग्थ्यो । ०७७/७८ को बजेटमार्फत ८० प्रतिशतसम्म महसुल पुर्याइएको छ । ५० देखि सय किलोवाटसम्मका सवारीमा ४०, सयदेखि १५० किलोवाटसम्म ५० र १५० देखि २ सय किलोवाट क्षमताका विद्युतीय सवारीमा ६० प्रतिशत भन्सार महसुल लाग्ने व्यवस्था गरिएको छ । साथै २ सयदेखि ३ सय किलोवाटसम्म ७० प्रतिशत र त्यसभन्दा माथिको ८० प्रतिशत महसुल लाग्छ । ‘विद्युतीय सवारीसाधनको भन्सार दर वृद्धिले आयातमा प्रतिबन्ध लगाएजस्तै भएको छ,’ नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले भने, ‘भन्सार दर बढाइएकाले गाडी आउनेवाला छैन ।’कान्तिपुरमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया