सरकारी छाप किर्ते गरी ठगि गर्ने फरार प्रतिवादी पक्राउ

काठमाडौं । सरकारी छाप दस्तखत किर्ते तथा ठगि मुद्धामा फरार प्रतिवादी ललितपुरको सातदोबाटोबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललितपुर गोदावरी नगरपालिका १० का हरिशरण महत रहेका छन् ।

उनले दस्तखत किर्ते गरी ठगी गरेको आरोपमा मालपोत कार्यालय कलंकीको जाहेरि दिएको थियो ।

उनी विरुद्ध उच्च अदालत पाटनले मिति २०७० साल चैत्रमा २ बर्ष कैद र ३७,५०,०००जरिवाना भएको समेत तोकिएको थियो ।

यस्तो छ घटनाको विवरण

उनले साबिक काठमाडौं जिल्ला सितपाइला गाबिस वडा नं ९९हाल हाल नागार्जुन नगरपालिका ५० निवासी लोप्साङ निजकि श्रीमती च्यूताङ लामाको नाममा भएको कित्ता नं ८१८ क्षेत्रफल २ रोपनि २ आना जग्गा किर्ते गरेका थिए ।

त्यसमा मालपोत कार्यालय कलंकिका खरिदार भिम बहादुर राई समेतको मिलेमतो रहेको खुल्न आएको छ । साथै साबिक सिन्धुपाल्चोक फुलपिङकट्टि गाबिस १ का कमलकुमार श्रेष्ठको नाममा काठमाडौं जिल्ला अदालतको नक्कलि अधिकृत वारेसनामा बनाई नक्कली नागरिकता र श्रेस्ता पूर्जा खडा गरि क्रेतालाई झुक्यानमा पारि ठगि गरी २०६४ साउन २९ गते साबिक कास्की जिल्ला पोखरा उप महानगरपालिका वडा न १३ बस्ने प्रबिणमान श्रेष्ठलाई ७५ लाखमा बिक्री गरेका थिए ।

साथै उनलाई पक्राउ पछि फैसला कार्यन्वयनको लागी जिल्ला अदालत काठमाडौं पेश गरिने जनाइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?