बनेपा । काभ्रेको कोशिपारिस्थित चौरीदेउराली गाउँपालिका-५ मा रहेको धुसेनी शिवालय प्राथमिक अस्पतालमा एक्स–रे सेवा शुरु गरिएको छ ।
एक्स–रे सेवा शुरु भएपछि सामान्य एक्स–रेका लागि शहर धाउनुपर्ने बाध्यता हटेको अस्पतालका ईञ्चार्ज राजु चौलागाईंले बताए । वाग्मती प्रदेश सरकारको आर्थिक सहयोगमा गाउँपालिकाले एक्सरे मेसिन खरिद गरी सोमबारबाट सेवा शुरु गरेको वडा नं–५ का वडाध्यक्ष राजकुमार गौतमले बताए।
अब सो अस्पतालमा आवश्यक जनशक्तिसहित एक्स–रे मेसिनसँगै प्रयोगशालाको पनि राम्रो व्यवस्था भएकाले अब आकस्मिक सेवाको लागि जिल्ला सदरमुकाम धाउनुपर्ने अवस्थाको अन्त्य भएको छ ।
साविक धुसेनी शिवालय स्वास्थ्यचौकीलाईस्तरवृद्धि गरी २१ रोपनी जग्गामा १५ शैयाको अस्पतालको भवन निर्माण भइरहेको छ ।
प्रदेश सरकारको एक पालिका १५ शैयाका अस्पताल निर्माण गर्ने योजना अनुरुप अगाडि बढाइएको सो अस्पतालको भवन अहिले एक तला ढलानको काम सम्पन्न भएर कार्य सम्पन्न गर्ने तयारीमा छ ।
वाग्मती प्रदेश सरकारको करिव ६ करोड रुपैयाँ आर्थिक सहयोगमा सो भवन निर्माण भइरहेको हो ।
यसअघि पनि कोशिपारिको नाग्रेगगर्चेमा रहेको डिसिडब्लुसि अस्पताल र कात्तिके देउरालीमा स्थापना गरेको धुलिखेल अस्पतालको शाखामा एक्स–रे सेवा उपलब्ध थियो ।
गाउँपालिकाको सक्रियतामा धुसेनी शिवालय प्राथमिक अस्पतालमा एक्स–रे मेसिनबाट सेवा शुरु गरेको कोशिपारिको यो तेस्रो अस्पताल हो । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया