पृथ्वी राजमार्गको ३८ ठाउँको अवरोध हटाइयो

राजधानीलाई देशका बाँकी भागसँग जोड्ने पृथ्वी राजमार्गको मुग्लिन–नौबिसे सडकखण्ड सुुचारु गर्न दुुई दिन लाग्ने भएको छ ।

सो राजमार्गको चितवन र धादिङ जोड्ने मौवाखोलाको पुलमा गम्भीर क्षति पु¥याएपछि सोमबारदेखि राजमार्ग अवरुद्ध भएको छ ।
खोलामा थुुप्रिएको माटो ढुुङ्गा सफा गरी बुुधबार बेलुुकासम्म सडक खुुल्न सक्नेछ ।
सो राजमार्गको चितवन–धादिङ खण्डमा पहिरो जाने क्रम जारी रहेको छ । पृथ्वी राजमार्गमा करिब दुई सय ठाउँमा पहिरो गएका छन् ।
लगातारको वर्षाले देशभरका अनेक सडक अवरुद्ध भएपछि तिनलाई खुलाउन तत्कालै प्रयास थालिएको
छ । त्यस क्रममा अवरुद्ध भएका ३८ ठाउँका सडक पूर्ण रूपमा सञ्चालनमा ल्याइसकिएको छ भने २५ ठाउँमा एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको सडक विभागले जनाएको छ । गोरखापत्रमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?