अर्जुनधाराका ५३ कृषकलाई कुटी काट्ने मेसिन

काठमाडौं – झापाको अर्जुनधारा नगरपालिकाले कृषकलाई कुटी काट्ने मेसिन प्रदान गरेको छ ।

नगरपालिकाको पशुपक्षी, मत्स्य तथा कछुवा विकास शाखाले मङ्गलबार कृषकसँगको साझेदारी अनुदान कार्यक्रमअन्तर्गत ५३ कृषकलाई कुटी काट्ने मेसिन प्रदान गरेको हो । नगरप्रमुख हरिकुमार राना र उपप्रमुख कमला खतिवडाले कृषकलाई उक्त मेसिन हस्तान्तरण गरे ।

नगरपालिकाले कृषकलाई प्रोत्साहन गर्ने उद्देश्यले मेसिन प्रदान गरिएको नगरप्रमुख रानाले बताए। “कृषिमा आधुनिकीकरण र कृषकको दैनिकीमा सहजता ल्याउन मेसिन प्रदान गरिएको हो”, उनले भने। नगरपालिकाको लागत साझेदारीमा १४ कृषकलाई ‘मिल्क क्यान’ पनि प्रदान गरिएको छ ।

त्यस्तै नगर क्षेत्रका अतिविपन्न २० कृषकलाई नगरपालिकाले निःशुल्क कुटी काट्ने मेसिन प्रदान गरेको पशुपंक्षी, मत्स्य तथा कछुवा विकास शाखाका प्रमुख पदम राईले जानकारी दिए । रासस फाईल फोटो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?