काठमाडौं । नेपालमा पछिल्लो समय क्वारेन्टाइनमा बस्नेहरुको संख्या घटिरहेको छ ।
हाल नेपालमा २१ हजार ७ सय ४ जना क्वारेन्टाइनमा रहेका छन् । जसमध्ये सबैभन्दा धेरै सुदूरपश्चिम प्रदेशमा रहेका छन् ।सुदूरपश्चिम प्रदेशमा ६ हजार ९ सय ७९ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै सबैभन्दा कम कर्णाली प्रदेशमा १ हजार ४ सय ४३ जना जना क्वारेन्टाइनमा रहेका छन् ।
कुन प्रदेशमा कति छन् क्वारेन्टाइनमा ?
प्रदेश नं १ मा २ हजार ५ सय ६७ जना
प्रदेश नं २ मा २ हजार ३ सय १२ जना
वाग्मती प्रदेशमा १ हजार ५ सय ५२ जना
गण्डकी प्रदेशमा ३ हजार ३ सय ३७ जना
प्रदेश नं ५ मा ३ हजार ५ सय १४ जना
कर्णाली प्रदेशमा १ हजार ४ सय ४३ जना
सुदूरपश्चिम प्रदेशमा ६ हजार ९ सय ७९ जना
नेपालमा आज (मंगलवार) थप १५० जनामा कोरोना भाईरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १७ हजार ९९४ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा १५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।
उनका अनुसार (कोभिड १९) संक्रमण पुष्टि भएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् । संक्रमण पुष्टि भएकाहरुको सम्पर्कमा रहेकाहरुको कन्ट्याक ट्रेसिङ गर्ने कार्य भईरहेको मन्त्रालयले जनाएको छ ।
नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण ४० जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा थप ६०९ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १२ हजार ४७७ पुगेको छ ।
नेपालमा हिजो (सोमवार) १८६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया