हाल नेपालमा कहाँ कति छन् ‘एक्टिभ केस’ ?

काठमाडौं – नेपालमा बितेको २४ घण्टामा थप १५० जनामा कोरोना भाईरस ‘कोभिड – १९’ संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १७ हजार ९९४ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार हालको अवस्थामा नेपालभर ‘एक्टिभ केस’ अर्थात् उपचाररत संक्रमितको संख्या ५ हजार ४ सय ७७ जना रहेको छ ।

उनीहरुमध्ये प्रदेश नम्बर १ मा १०८ जना, प्रदेश २ मा १९१३ जना, बाग्मती प्रदेशमा ४२१ जना, गण्डकी प्रदेशमा ३८० जना, प्रदेश ५ मा ३७० जना, कर्णाली प्रदेशमा २९३ जना र सुदूरपश्चिम प्रदेशमा १९९२ जना रहेका छन् ।

नेपालमा हिजो (सोमवार) १८६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण ४० जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा थप ६०९ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १२ हजार ४७७ पुगेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?