विदुर । जिल्ला प्रहरी कार्यालय नुवाकोटले तादी गाउँपालिकाका स्थानीय दुई जनालाई हातहतियार तथा खरखजानाअन्तर्गत मुद्दा चलाएको छ ।गत असार ११ मा भरुवा बन्दुक प्रयोग गरी वन्यजन्तु मारेको आशंकामा तादी–१ का ४६ वर्षीय वीरबहादुर मोक्तान र सोही ठाउँका ४२ वर्षीय श्यामबहादुर मोक्तानलाई प्रहरीले आज मुद्दा चलाएको हो ।
लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालयले चोरी निकासी तथा ९आखेटोपहार० ओसारपसार कसुरमा अभियुक्तद्वयलाई आवश्यक अनुसन्धान गरेको बताइएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णुहरि फुयाँलले उनीहरुलाई निकुञ्जले अनुसन्धान प्रश्चात् जिल्ला प्रहरी कार्यालयलाई आवश्यक कारवाहीको लागि आज बुझाएको जानकारी दिए । पक्राउ परेका उनीहरुको साथबाट भरुवा बन्दुक एक थान, बन्दुकमा लाग्ने पार्टपूर्जा दुई थान, बारुद अन्दाजी बीस ग्रामसहित पक्राउ परेको प्रहरी निरीक्षक फुयाँलले जानकारी दिए । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया