काठमाडौं – कोरोना भाईरस ‘कोभिड – १९’ महामारी नेपालका समुदायस्तरमा फैलियो कि फैलिएन वा कुन रुपमा छ, भन्ने विषयमा अनुसन्धान गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अध्ययन गर्ने भएको छ।
इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले ‘कोभिड – १९’ का कारण कति मानिस प्रभावित बनेका छन् भनेर अध्ययन गर्न ‘सेरो प्रिभिलेन्स सर्वेक्षण’ गर्न थालेको हो। यस कार्यमा विश्वस्वास्थ्य सङ्गठन डब्लुएचओले सहयोग गर्नेछ ।
समुदायमा कुन तहसम्म पुगेको छ भन्ने थाहा पाउनका लागि ‘सेरो सर्वेक्षण’ थालिएको महाशाखाले जनाएको छ ।
‘सेरो सर्वेक्षण’ रगतबाट जाँच गरिने किसीमको परिक्षण हो । यसैबीच महाशाखाले मानिसको रगतको नमूना सङ्कलन गर्नेछ। ‘सेरो सर्वेक्षण’ का लागि महाशाखाले सातवटै प्रदेशका सङ्क्रमण बढी देखिएका जिल्लामा गएर मानिसको रगतको नमूना सङ्कलन गर्नेछ।
‘सेरो प्रिभिलेन्स सर्वेक्षण’ बाट थाहै नपाई निको भएका र लक्षण नदेखिएर पनि निको भएका बिरामीको अवस्थाबारे, सङ्क्रमणमुक्त भएका मानिसको रगतमा भाइरसविरुद्धको एन्टिबडी कति बनेको छ भन्नेबारेमा थाहा हुनेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया