काठमाडौं । नेपालमा हालसम्म ५ हजार ९ सय ३६ जना सक्रिय संक्रमित रहेका छन् । बितेको २४ घण्टामा नेपालमा १ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यससँगै नेपालमा कुल संक्रमितको संख्या १७ हजार ८ सय ४४ जना रहेका छन् । हालसम्म संक्रमण देखिएको तथ्यांक हेर्ने हो भने सबैभन्दा धेरै प्रदेश नं २ मा रहेको छ । हालसम्म प्रदेश नं २ मा ४ हजार ६ सय ३६ जनामा कोरोना संक्रमण देखिएको छ । भने सबैभन्दा कम प्रदेश नं १ मा कोरोना संक्रमण देखिएको छ । प्रदेश नं १ मा ८ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
हालसम्म कुन प्रदेशमा कति जनामा पुष्टि भयो कोरोना संक्रमण ?
प्रदेश नं १ मा ८ सय ४५ जना
प्रदेश नं २ मा ४ हजार ६ सय ३६ जना
बाग्मती प्रदेशमा ८ सय ५९ जना
गण्डकी प्रदेशमा १ हजार ३ सय ९३ जना
प्रदेश नं ५ मा ४ हजार १ सय ९१ जना
कर्णाली प्रदेश नं १ हजार ८ सय २५ जना
सुदूरपश्चिम प्रदेशमा ४ हजार ९५ जना
नेपालमा बितेको २४ घण्टामा देशका विभिन्न २७ वटा प्रयोगशालामा ४ हजार २ सय १६ जनाको पीसीआर परीक्षण गरिएको छ । हाल देशभरका क्वारेन्टाइनमा रहनेको संख्या २२ हजार २ सय २८ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए । पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त भइ १ सय ७३ जना घर फर्किएका छन् । भने आज सम्म ११ हजार ८ सय ६८ जना कोरोना मुक्त भइ घर फर्किएका छन् । जुन कुल संक्रमितको ६६ दशमलव ५१ प्रतिशत हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया