काठमाडौंमै पहिरो : गयो एक युवकको ज्यान

काठमाडौं । काठमाडौंमा पहिरो जाँदा एक जना युवकको मृत्यु भएको छ ।

आईतवार साँझ कागेश्वरी मनोहरा नगरपालिका, गागलफेदीमा गएको पहिरोबाट २२ वर्षका नवराज गुरुङको मृत्यु भएको हो ।

गुरुङ र उनकी आमासहित अन्य व्यक्ति बाहिर निस्किएका बेला खुला ठाउँमा पहिरो गएको थियो ।

आमासँगै हिँडिरहेका बेला खोल्सातिर गएका गुरुङको माथिबाट खसेको पहिरोले पुरेर मृत्यु भएको हो ।

  • सांकेतिक तस्वीर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?