कोरोना विश्व अपडेट : पछिल्लो २४ घण्टामा कहाँ कति संक्रमित थपिए, कतिको मृत्यु ?

काठमाडौं । स्वास्थ्य क्षेत्रमा अहिलेसम्मकै सबैभन्दा ठूलो चुनौति बनेको कोरोना भाइरसका कारण अहिलेसम्म विश्वमा ६ लाख ८ हजार ९११ जनाको मृत्यु भएको छ भने १ करोड ४६ लाख ४४ हजार ३६० जनालाई संक्रमण भएको छ ।

त्यस्तै ८७ लाख ३५ हजार २९८ जना कोरोना संक्रमण मुक्त भएका छन् भने विश्वमा ५९ हजार ८१७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै कोरोनाबाट अत्याधिक प्रभावित बनेको देश अमेरिकामा अहिलेसम्म १ लाख ४३ हजार २८९ जनाको मृत्यु भईसकेको छ भने ३८ लाख ९८ हजार ५५० जनालाई संक्रमण भएको छ । त्यस्तै १८ लाख २ हजार ३३८ जना कोरोना संक्रमण मुक्त भएका छन् भने १६ हजार ५५२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै ब्राजिलमा कोरोनाबाट ७९ हजार ५३३ जनाको मृत्यु भएको छ भने २० लाख ९९ हजार ८९६ जनालाई संक्रमण भएको छ ।

त्यस्तै १३ लाख ७१ हजार २२९ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ८ हजार ३१८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै भारतमा २७ हजार ५०३ जनाको मृत्यु भएको छ भने ११ लाख १८ हजार १०७ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ७ लाख ३९९ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै रुसमा १२ हजार ३४२ जनाको मृत्यु भएको छ भने ७ लाख ७१ हजार ५४६ जनालाई संक्रमण भएको छ । त्यस्तै ५ लाख ५० हजार ३४४ जना कोरोना संक्रमण मुक्त भएका छन् भने २ हजार ३०० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै दक्षिण अफ्रिकामा अहिलेसम्म ५ हजार ३३ जनाको मृत्यु भईसकेको छ भने ३ लाख ६४ हजार ३२८ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख ९१ हजार ५९ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ५३९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै पेरुमा अहिलेसम्म १३ हजार १८७ जनाको मृत्यु भएको छ भने ३ लाख ५३ हजार ५९० जनालाई संक्रमण भएको छ ।

त्यस्तै २ लाख ४१ हजार ९५५ जना कोरोना संक्रमण मुक्त भएका छन् भने १ हजार २९३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै मेक्सिकोमा अहिलेसम्म ३९ हजार १८४ जनाको मृत्यु भएको छ भने ३ लाख ४४ हजार २२४ जनालाई संक्रमण भएको छ ।

त्यस्तै २ लाख १७ हजार ४२३ जना संक्रमण मुक्त भएका छन् भने ३७८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ २९६ जनाको मृत्यु भएको छ भने ५ हजार ३११ जना नयाँ संक्रमित थपिएका छन् ।

त्यस्तै चिलीमा ८ हजार ५०३ जनाको मृत्यु भएको छ भने ३ लाख ३० हजार ९३० जनालाई संक्रमण भएको छ ।

त्यहाँ ३ लाख १ हजार ७९४ जना संक्रमण मुक्त भएका छन् भने १ हजार ७६४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै स्पेनमा २८ हजार ४२० जनाको मृत्यु भएको छ भने ३ लाख ७ हजार ३३५ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ६१७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै बेलायतमा ४५ हजार ३०० जनाको मृत्यु भएको छ भने २ लाख ९४ हजार ७९२ जनालाई संक्रमण भएको छ । त्यहाँ १४२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै ईरानमा अहिलेसम्म १४ हजार १८८ जनाको मृत्यु भएको छ भने २ लाख ७३ हजार ७८८ जनालाई संक्रमण भएको छ ।

त्यहाँ २ लाख ३७ हजार ७८८ जना संक्रमण मुक्त भएका छन् भने ३ हजार ५५६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

पछिल्लो २४ घण्टामा विश्वमा ३५२ जनाको मृत्यु भएको छ भने ९ हजार ६२८ जना नयाँ संक्रमित थपिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?