मधुवन नगरपालिकामा बमसहितको झोला फ्याँकेको केहीबेरमा विस्फोट

बर्दिया, १३ फागुन – मधुवन नगरपालिकाको कार्यालय सानोश्रीमा आज साँझ अपरिचित व्यक्तिले बम विष्फोट गराएका छन् मोटरसाइकलमा आएका अपरिचित व्यक्तिले नगरपालिका कार्यालय परिसरमा बमसहितको झोला फ्याँकेको केहीबेरमा विस्फोट भएको स्थानीयबासी विकास केसीले जानकारी दिए कार्यालय परिसरमा बम फ्याँकिएको केही मिनेटभित्रै विष्फोट भएको थियो । नगरपालिकाका उपप्रमुखको कार्यकक्षको झ्याल र भित्तामा क्षति पुगेको उनले बताए बम विष्फोटबाट नगरपालिका कार्यालयको झ्याल र भित्तामा क्षति पुगेको प्रहरीले जनाएको छ । क्षतिको विवरण आउन बाँकी छ । प्रहरीले घटनास्थलको अनुसन्धान गरिरहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?