यी ५ देशमा छन् सबै भन्दा धेरै कोरोना संक्रमित

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को कारण यो समाचार तयार पार्दासम्म ५ लाख ९५ हजार ७१ जनाको ज्यान गएको छ । हालसम्म विश्वभरका १ करोड ४० लाख ६३ हजार ७ सय ९३ जनामा कोरोना संक्रमण फैलिएको छ । हालसम्म विश्वभरबाट ३ लाख ७३ हजार १ सय ९ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ५९ हजार ९ सय ६१ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

संयुक्त राज्य अमेरिकामा हालसम्म सबैभन्दा बढी कोरोना संक्रमणको असर देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा १ लाख ४१ हजार ५ सय १६ जनाको ज्यान गइसकेको छ । बितेको २४ घण्टामा ३० हजार ८ सय जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ३७ लाख २५ हजार ८ सय २५ पुगेको छ । हालसम्म १६ लाख ९४ हजार ३ सय ७८ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १६ हजार ४ सय ७१ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र ३ सय ९८ जनाको कोरोनाको कारण ज्यान गएको छ ।

त्यस्तै ब्राजिलमा बितेको २४ घण्टामा ७ हजार ९६ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या २० लाख २१ हजार ८ सय ३४ पुगेको छ । हालसम्म ब्राजिलमा कोरोनाको कारण ७६ हजार ९ सय ९७ जनाको कोरोनाको कारण ज्यान गएको छ । वल्डोमिटरको तथ्यांक अनुसार १३ लाख ६६ हजार ७ सय ७५ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये ८ हजार ३ सय १८ जनाको अवस्था गम्भीर रहेको छ । भने बितेको २४ घण्टामा मात्र कोरोनाको कारण १ सय ७५ जनाको ज्यान गएको छ ।

त्यस्तै छिमेकी देश भारतमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या २६ हजार २ सय ७३ पुगेको छ । बितेको २४ घण्टामा ३१ हजार ६ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या १० लाख ३७ हजार २ सय ३ पुगेको छ । हालसम्म ६ लाख २५ हजार ५ सय ८२ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र कोरोनाको कारण ६ सय ६४ जनाको ज्यान गएको र संक्रमित मध्ये ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भीर रहेको छ ।

त्यस्तै रसियामा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १२ हजार १ सय २३ पुगेको छ । बितेको २४ घण्टामा ६ हजार ४ सय ६ जनामा कोरोना पुष्टि भएको र १ सय ८६ जनाको कोरोनाको कारण ज्यान गएको छ । हालसम्म ७ लाख ५९ हजार २ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने संक्रमितमध्ये ५ लाख ३९ हजार ९ सय ७३ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये २ हजार ३ सय जनाको अवस्था गम्भीर रहेको छ ।

पेरुमा बितेको २४ घण्टामा कोरोना संक्रमणको कुनै असर देखिएको छैन् । हालसम्म पेरुमा १२ हजार ६ सय २३ जनाको कोरोनाको कारण ज्यान गएको छ । भने ३ लाख ४१ हजार ५ सय ८६ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै हालसम्म २ लाख ३० हजार ९ सय ९४ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १ हजार ३ सय २ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?