राष्ट्रपति भण्डारीद्वारा ब्राजिलका समकक्षी बोल्सोनारोको स्वास्थ्य लाभको कामना

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ब्राजिलका राष्ट्रपति जाइर मिसाइस बोल्सोनारोको शीघ्र स्वास्थ्य लाभ र सुस्वास्थ्यको कामना गरेकी छिन् ।

राष्ट्रपति भण्डारीले आफ्ना ब्राजिली समकक्षीलाई आज एक सन्देश पठाउँदै अहिलेको कठिन परिस्थितिमा ब्राजिल र त्यहाँका जनताप्रति ऐक्यबद्धता जनाएकी छिन् ।

राष्ट्रपति भण्डारीले कोभिड–१९ विरुद्धको अन्तरराष्ट्रिय समुदायले गरेका प्रयासमा नेपालको पूर्ण सहयोग एवं समर्थन रहने सन्देशमा उल्लेख गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?