सरकारले उद्धार गरेको टोलीमा आउँदै हुनुहुन्छ ? भर्नुपर्छ यो फाराम

काठमाडौं । कोरोना महामारीका कारण विभिन्न देशमा अलपत्र परेका नेपालहिरु स्वदेश फर्कदै छन् । चार्टर्ड उडानको सहयोगमा विदेशमा रहेका नेपालीहरू स्वदेश आइपुगेका छन् ।

नेपाल आउन कम्तीमा एक साताभित्र कोरोना नेगेटिभ भएको रिपोर्ट लिएर मात्र उडानमा सहभागी हुन पाउने नियम रहेको छ ।

स्वदेश फर्किएपछि पनि होल्डिङ सेन्टरमा फाराम भर्नुपर्ने नियम छ । यसरी होल्डिङ सेन्टरमा फाराम भर्दा भिड भई संक्रमण फैलिन सक्ने र विभिन्न विवरणसमेत छुट्न सक्ने भएकाले बहराइनस्थित नेपाली दूतावासले नेपाल फर्कनुअघि फाराम भर्न अनुरोध गरेको छ ।

उक्त फाराम उडानपूर्व राजदूतावासले एयरपोर्टमा समेत उपलब्ध गराउँदै आएको दूतावासले जनाएको छ ।

यस्तो छ फाराम :

 

फाराम भर्न यहाँ थिच्नुहोस् 

 

यो पनि पढ्नुहोस् : दोहामा अलपत्र परेका १४८ नेपाली स्वदेश फर्किए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?