दोहामा अलपत्र परेका १४८ नेपाली स्वदेश फर्किए

काठमाडौं । कोरोनाको महामारीबीच कारण कतारमा अलपत्र परेका १४८ जना नेपालीहरू स्वदेश फर्किएका छन् । दोहाबाट नेपाल एयरलाइन्समा १४८ जना नेपालीहरू स्वदेश फर्किएका दोहा स्थीत नेपाली दूतावासले जनाएको हो ।

तत्काल स्वदेश फर्कनै पर्ने अवस्थाका नेपालीहरूले राजदूतावासले तोकेको फारम भरेर तथा विभिन्न माध्यमबाट आफ्नो विवरण दूतावासलाई बुझाएका थिए । त्यसैका आधारमा प्राथमिकता निर्धारण गरी उनीहरूलाइ स्वदेश फर्काइएको छ ।

दोहाबाट काठमाडौंका लागि नेपाल एयरलाइन्सको आरए २३९२ को चार्टर उडानबाट ३ महिलासहित १४८ जना स्वदेश फर्किएको कतारमा रहेको नेपाली दूतावासले जनाएको छ । साथै, कोरोनाकै समयमा कतारमा मृत्यु भएका २ जना नेपाली नागरिकको शव पनि सोही उडानबाट नेपाल पठाइएको दूतावासले जनाएको छ ।

उक्त चार्टर उडान दोहाबाट भएको एघारौं उडान हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?