काठमाडौं- शनिबार नेपाल प्रवेश गरेको सलह कपिलवस्तुमा लाखौंको संख्यामा सलह देखिएको छ ।
यसअगाडी नेपालका सम्बद्ध अधिकारीले २० हजारजति नेपाल भित्रिएको अनुमान गरिरहेका बेला कपिलवस्तुको बुद्धभूमि, शिवराज र कपिलवस्तु नगरपालिकाको जंगलमा लाखौंको संख्यामा सलह देखिएको हो ।
करोडौँको संख्यामा झुण्ड बनाएर हिँड्ने सलह कीरा नेपालमा २० हजारको हाराहारीसम्म मात्रै देखिएको थियो । अहिले देखिएको यो झूण्ड हालसम्मकै ठूलो हो ।
कहाँ – कहाँ पुग्यो ?
आईतबार भारतीय सीमा नाकाबाट नेपाल प्रवेश गरेको सलह कीराको उडान जारी छ । फट्याङ्ग्रा प्रजातिको यो कीरा फट्याङ्ग्रा जस्तै देखिने तर केही ठूलो हुन्छ । र, यसले अत्याधिक खान्छ । वनस्पतिका फल, फूल, डाँठ, बोक्रा, पात, हाँगा, सबै खाईसक्छ । निकै टाढाको अडान भर्छ । समूहमा हिँड्छ ।
नेपालमा सलह कीराको उडान गति भने अन्य देशमा जस्तै तिव्र नै देखिएको छ । तर यसको उडान दिशा र गति भने हावाको बहाबमा निर्भर गर्छ । शनिबार बिहान ७ / ८ बजेदेखि तराईका विभिन्न जिल्लामा देखिएको सलह कीरा सर्लाही, बारा, पर्सा र रुपन्देही हुँदै नेपाल भित्रिएको थियो । नेपाल भित्रिए लगत्तै यसले विभिन्न वनस्पतिका बोटमा बसेर फल, फूल, डाँठ, पात, हाँगा, बोक्रा सबै खाएरमात्रै उडान भरेको थियो । एकैपटक करोडौँको संख्यामा हिँड्ने सलह नेपालमा भने करिब २० हजारको हाराहारीमा आईपुगेको छ । तर यति थोरै संख्यामा भएको सलह नेपाल नेपाल प्रवेश गरेको करिब २ दिनमा एक दर्जन बढी जिल्लामा फैलिएको छ ।
तराईमा देखापरेको दिन साँझ नै सलह पहाडका केहि जिल्लामा देखिईसकेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अधिकारीहरु सलहको सानो झुण्ड नेपाल आएको बताउँछन् ।
पश्चिमी बायुको प्रभावले हावा बहेको दिशातिर यस कीराले एकैदिन साँढे ३ सय किलोमिटरसम्म यात्रा तय गर्न सक्छ ।
जब गन्तव्य आयो, तबमात्रै यो किरा जमिनमा ओर्लेर हरियोपरियोमा आक्रमण गरेर रात बिताउँछ ।
रातको समयमा, वर्षात्को समयमा, अत्याधिक चिसोमा, हावाको वहाव विपरीत दिशातिर भएमा यो कीरा धेरै टाढासम्म उड्न सक्दैन । हेर्दा सानो भएपनि सलहको एक झुण्डले एकैपटकमा ३४ हजार मानिसलाई दुई छाक पुग्ने खाद्यान्न तथा अन्नबाली सखाप पार्छ ।
शनिबार बिहान सर्लाही (नवलपुर) बारा (डुमरुवाना र जितपुर) पर्सा (एक गाउँमा सानो झुण्डमा ) रुपन्देही, भैरहवा, पाल्पा (कालिकानगर क्षेत्र दोभान भन्ने ठाउँ) कपिलवतु हुँदै सिन्धुलीको भिमान, रामेछापतर्फ, चितवन (भरतपुर, कालिका नगरपालिकाको पदमपुरमा, राष्ट्रिय निकुञ्जभित्र, मकवानपुर, काभ्रे, उदयपुरको सैनामैना दाङ ( तुलसीपुर उपमहानगरपालिका–४ खाद्रेमा) बाँकेमा देखिएकोमा ललितपुर र काठमाडौंको नागढुंगामा पनि सलह किरा देखिएको थियो । आज नुवाकोटमा समेत यो कीरा देखिएको छ ।
कोरोना त्रासदीका बीच बसेका किसानले अर्को सामना गर्न परेको छ । यदी सलह अन्य देशमा जस्तै बस्ने हो भने यहाँका अन्नबाली सखाप पार्नेछ । तर विज्ञहरुले भनेका छन् यो लामो समय नेपालमा बस्दैन । यसको प्रजनन र सन्तान उत्पादन नेपालको जस्तो माटोमा हुन सक्दैन । त्यसैले यो कीराले भारत र पाकिस्तानलाई आक्रान्त पारेजस्तो नेपाललाई नपार्ला तर विज्ञहरुले आफ्नो प्राथमिकतामा परेको बाली र तिनका विरुवा जोगाउन भने सुझाव दिएका छन् । यो सुरुवात भएकोले यदी मौसममा बदलाब आएमा कीरा नेपाल आउन सक्छ । त्यसैले किसानले, स्थानीय सरकार प्रदेश सरकार र केन्द्रमा तयारी गर्न ढिलाई गर्नुहुँदैन ।
अफ्रिकी देशबाट ईरान, पाकिस्तान, भारत हुँदै नेपाल आएको यो फट्याङ्ग्रा प्रजातिको कीराले हरियोपरीयो सखाप हुनेगरी खाईदिने भएकोले कोरोना भाईरस ‘कोभीड १९’ को को मार खेपेका कृषकले खाद्यान्न अभाव जस्तो अर्को अप्ठेरो पनि झेल्नुपर्ने अवस्था आउने हो की ! भन्ने चासो र चिन्ता बढेको छ ।
यसै सन्दर्भमा लोकपथ डटकमले नेपाल कृषि अनुसन्धान परिषद् नार्कका वैज्ञानिक डाक्टर काशीनाथ चिलुवालसँग प्रश्न राखेका थियौँ सलहबाट बोटविरुवा जोगाउने कसरी ?
उहाँका सुझाव यस्ता छन् :
बालीको प्राथमिकता निक्र्यौल गर्ने , आफ्ना खेतीपातीमध्ये सबैभन्दा प्रमुख खेतिबाली कुन हो ? यसको यकिन गर्ने
अहिले धान रोपाईको समय भएकोले ब्याडमा राखिएको धानको बीउ सुरक्षित गर्न सलह आफ्नो क्षेत्रमा आए नआएको बारे जानकारी राखिरहने, अधिकांश स्थानमा मकैबारी छन् । तिनमा यसको आक्रमण भयो भने निकै ठूलो क्षति पुग्छ । तसर्थ मकैबारी जोगाउन पनि पहिल्यै सावधान रहनुपर्छ ।
बालीलाई झुल वा नेटको प्रयोगले कीराको आक्रमणबाट जोगाउन सकिन्छ ।
बोटहरु हल्लाउने गर्न सकिन्छ ।
कीराहरुलाई लखेट्न सकिन्छ ।
बाली भएको ठाउँमा होहल्ला गर्ने (हाहा/हुहु) चिच्याएर कराएर, हाट्टहुट्ट पारेर, ताली बजाएर धपाउने
टिन / जस्तापाता /मादल/ ढोलक बजाउने
‘स्पीकर’ जोडिदिन सकिन्छ
धुँवा लगाउन सकिन्छ
स्प्रेहरु हाल्न सकिन्छ
गाईको गहुँत/ लसुनपानीको मिश्रण छ्याप्ने
सलहलाई पक्रेर मारेर सुकाएर कुखुराको लागि /माछाको लागि दाना बनाउन सकिन्छ । यो मानवले पनि खान सकिन्छ । तर होसीयार ! यसरी वैकल्पिक प्रयोगमा ल्याएका सलह बिषादी हालिएको ठाउँमा बसेको वा मरेको हुनुहुँदैन ।
(यो भिडियोमा हेर्नुहोस् सलह के हो ? कसरी नेपाल आयो ? यसले कसरी असर पुर्याउँछ ? बाली जोगाउन के गर्ने किसानको भूमिका के ? स्थानीय सरकारले के गर्ने ? प्रदेश सरकार र केन्द्र सरकारको भूमिका के हुन्छ ? अन्तरदेशीय छलफल किन आवश्यक छ ? )
https://www.facebook.com/lokpath9/videos/3345862342142950/
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया