काठमाडौं । प्रतिनिधि सभाको नियमावली मस्यौदा –२०८३ पेस गरिएको छ ।
सोमबारको बैठकमा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले समितिको मस्यौदा पेस गरेको हो ।
समितिले चैत २४ देखि काम थालेर कार्यविधि बनाएर नियमावली मस्यौदा तयार गरेको हो ।
मस्यौदामा प्रतिनिधि सभाको बैठकको कार्य प्रणालीलाई व्यवस्थित बनाउन विभिन्न प्रावधान समेटिएका छन् ।
जसअनुसार बैठक कक्षभित्र फोटो खिच्न तथा अडियो–भिडियो रेकर्ड गर्न निषेध गर्ने व्यवस्था प्रस्ताव गरिएको छ ।
मन्त्रीहरूलाई बैठकमा अनिवार्य उपस्थित हुने प्रावधान राखिएको छ भने आकस्मिक, शून्य तथा विशेष समयमा उठाइएका विषयमा सात दिनभित्र अनिवार्य जवाफ दिनुपर्ने व्यवस्था पनि मस्यौदामा समावेश गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया