काठमाडौं । प्रतिनिधि सभामा सभामुख र उपसभामुख अनुपस्थितीमा सभा सञ्चालनका लागि थप सदस्यहरु मनोनीत गरिएको छ ।
आज बसेको प्रतिनिधि सभा बैठकमा सभामुख डोलप्रसाद अर्याल (डीपी अर्याल) ले ७ सदस्यहरुको नाम पढेर सुनाएका थिए ।
प्रतिनिधि सभा नियमावलीको व्यवस्था अनुसार नै ती सदस्यहरुको मनोनयन गरिएको हो ।
मनोनित हुने सदस्यमा कामिनी कुमारी, गंगालक्ष्मी अवाल, ताहिर अलि भाट, पूर्णप्रसाद लिम्बू, बलावती शर्मा, मिङमा ग्याबु शेर्पा र यज्ञबहादुर बोगटी रहेका छन् ।
आजबाट संघीय संसदको अधिवेशन सुरु भएको छ । दिउँसो २ बजेका लागि प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठकमा बोलाइएको थियो । अपरान्ह ४ बजे संघीय संसदको संयुक्त बैठक आह्वान गरिएको छ । आजको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन र नीति तथा कार्यक्रम पेश गर्ने कार्यसूची रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया