सरकारसँग एमालेको माग : सरकारले ल्याएका सबै अध्यादेशहरू तत्काल खारेज गरियोस्

लोकपथ
0
Shares

काठमाडौं । प्रतिपक्ष दल नेकपा (एमाले) ले सबै अध्यादेशहरू तत्काल खारेज गर्न सरकारसँग माग गरेको छ । 

आज संघीय संसद् प्रतिनिधि सभाको आकस्मिक समय लिएर बोल्दै एमालेकी सचिव पदमा अर्यालले सरकारले स्वेच्छाचारी ढंगले संवैधानिक परिषद् सम्बन्धी लगायतका अध्यादेशहरू ल्याएको जिकिर गर्दै तत्काल खारेज गर्नुपर्ने माग  गरेकी हुन् । 

सरकारले हालै ल्याएका अध्यादेश संसदको हुर्मत लिने, सांसदहरूको अधिकार कुण्ठित गर्ने भएकाले त्यसलाई तत्काल खारेज गर्नुपर्ने उनको तर्क थियो । सचिव अर्यालले न्यायपालिका प्रमुखलाई प्रधानमन्त्रीको तजबिजमा नियुक्त गर्ने जस्ता आपत्तिजनक कदम अघि बढाएको भन्दै आक्रोश व्यक्त गरिन् । 

उनले भनिन्, ‘म सरकारलाई स्मरण गराउन चाहन्छु लोकतन्त्रमा सरकार शक्तिशाली हुन सक्छ । तर सार्वभौम सांसदभन्दा माथि कहिल्यै हुन सक्दैन । सत्ताको उन्माद क्षणिक हुनसक्छ । तर संसदीय मर्यादा र विधिको शासन स्थायी हुनुपर्छ । त्यसैले कार्यपालिकाको यो स्वेच्छाचारिता तत्काल बन्द गरियोस् । संसदको हुर्मत लिने, सांसदहरूको अधिकार कुण्ठित गर्ने काम बन्द होस । प्रस्तुत सम्पूर्ण अध्यादेशहरू अविलम्ब खारेज गरियोस् ।’

 सचिव अर्यालले सरकार सार्वभौम सांसदभन्दा माथि नहुने पनि  बताइन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?