खै १० अर्ब ? प्रधानमन्त्री भन्छन्- ‘तल पठाइयो’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमण रोकथामका लागि खर्च भएको १० अर्ब विभिन्न नियकायमा बाँडिएको बताएका छन् । राष्ट्रिय सभामा बोल्दै प्रधानमन्त्री ओलीले १० अर्ब तल पठाइएको बताए ।

हिसाबकिताब खोज्नेहरुसँग आक्रोश व्यक्त गर्दै प्रधानमन्त्री ओलीले उक्त पैसाले क्वारेन्टाइनमा रहेकाहरुको खुवाएको, क्वारेन्टाइन व्यवस्थापन गरेको बताए । उनले भने, “उचाल्नेहरुलाई त उचाल्न सजिलो छ । खै १० अर्ब ? भनेर । अब यता १० अर्ब कताबाट देखाइदिने १० अर्ब यहाँ छ भनेर । १० अर्ब त तल पठाइयो यहि कामका लागि । महिनौदेखि मान्छेहरु खटेका छन्, क्वारेन्टाइन निर्माण गरेको छन्, क्वारेन्टाइन व्यवस्थापन गरेका छन्, क्वारेन्टाइनमा बस्नेहरुलाई खुवाएका छन् ।”

साथै कोरोना रोकथाममा स्थानीय तहले राम्रो प्रवन्ध गरेकोप्रति प्रधानमन्त्री ओलीले मुक्तकण्ठले प्रशंसा समेत गरेका छन् ।

१० अर्बको खर्च पछि वार्षिक प्रतिवेदनका रुपमा उपलब्ध गराउँने पनि प्रधानमन्त्री ओलीले विश्वास व्यक्त गरेका छन् । उक्त प्रतिवेदनमा पनि नियमितता, अनियमितता, रुजु, वेरुजु सबै देखाइने पनि ओलीले बताए ।

१० अर्बको दैनिक खर्च माग्नेहरुप्रति प्रधानमन्त्री ओलीले आक्रोश व्यक्त गरेका छन् । साथै सरकारले गरिरहेको काममा ध्यान नभएको, काम प्रतिको प्रशंसा नभएकोप्रति पनि उनले असन्तुष्टि जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?