काठमाडौं, ६ फागुन । संघीय समाजवादी फोरम नेपालका सह–अध्यक्ष राजेन्द्र श्रेष्ठले आफूहरु ओली नेतृत्वको सरकारमा जाने संकेत गरेका छन् श्रेष्ठले भने, ‘हामी सरकारमा सहभागी हुनको लागि खुल्ला छौं, तर हाम्रा माँग र मुद्दाबारे सरकारको प्रतिबद्धता जाहेर हुनुपर्छ, राष्ट्रिय एकता कायम होस् भन्ने हाम्रो चाहना हो ।’ उनले अहिले राष्ट्रिय एकताको मुल आधार नै संघीयता भएकोले सबैलाई समेट्नेगरि अघि बढ्नुपर्ने बताए श्रेष्ठले एमाले र माओवादी केन्द्रबीचको एकता सफल होस्, भन्ने आफूहरुको चाँहना रहेको सुनाए । उनले भने, ‘उहाँहरुबीच एकता होस्, हामीसँग पनि सहकार्य होस्, तर माओवादी केन्द्रसँग एकता भएन भने एमालेसँग एक्लै सरकार बनाउने म्याण्डेट छैन, त्यसैले छिटोभन्दा छिटो एकता होस् र हामीसँग वार्ता गरोस् भन्ने चाहना हो ।’ठूलो पार्टी भएको नाताले एमालेले माओवादीसँग सन्तुलित भएर एकता कायम गर्नुपर्ने उनको सुझाव थियो । उनले भने, ‘अब एकता हुन सकेन भने हामीसँग त राम राम भन्ने बाहेक अर्को विकल्प छैन ।’श्रेष्ठले एमालेले पनि हिजोको आँखाले आफूहरुलाई नहेर्ने विश्वास दिलाए । उनले एमाले ठूलो पार्टी भएकोले प्रतिपक्षमा बस्ने अवस्था नआओस् भन्दै सचेत गराएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया