काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएको छ ।
प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या देखिएसँगै आज अपरान्ह ४ बजेका लागि डाकिएको बैठक स्थगित गरिएको स्रोतले जनाएको छ ।
आजको सचिवालय बैठकमा अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे छलफल हुने बताइएको थियो ।
त्यस्तै एमसीसी कार्यदलका सदस्यहरु भीम रावल र प्रदीप ज्ञवालीलाई पनि बोलाइएको थियो। यसअघिको बैठकमा पनि रावल र ज्ञवाली सहभागी थिए।
आइतवार अपरान्ह चार बजेका लागि सचिवालय बैठक तय गरिएपनि प्रधानमन्त्रीको स्वास्थ्यमा आएको समस्याका कारण बैठक स्थगित भएको स्रोतले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया