नेपालमा भईरहेको विरोध प्रदर्शनको विषयमा बोलिन् मनिषा कोईराला, एकपटक सोच्ने की ?

काठमाडौं – अभिनेत्री मनिषा कोईराला यतिबेला नेपालमा छिन् । एक साताअघि परिवारसहित भारतबाट नेपाल फर्केकी कोईराला अहिले काठमाडौंको एउटा होटलमा क्वारेन्टाइन बसिरहेकी छन्।

केही दिनअघि मन्त्रिपरिषद्ले नेपालको नयाँ नक्शा पारित गरेपछि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको ट्वीटमा समर्थन गर्दै रिप्लाई गरेको विषयलाई लिएर भारतीय मिडियाहरु मनिषामाथि खनिएका थिए । भारतको खाएर चीनको समर्थन गरेको, नेपाल र भारतका सेनाको संख्या दाँजेर होस् या चीनले उचालेर नेपाल बोलेको जस्ता अभिव्यक्ति भारतीय मिडिया र सामाजिक सञ्जालमा  नेपालमाथि खनिने र उनको गालिगलौज गर्नेहरु उत्तिकै भेटिए । तर, मनिषा आफ्नो अडानबाट कत्ति पनि विचलित भईनन् ।

नेपाली भू-भागको विषयमा स्पष्ट मत ‘रिप्लाई’ गरेर अत्याधिक चर्चामा आएकी अभिनेत्री मनिषा कोइरालाले फेरी एउटा महत्वपूर्ण सवालमा ट्वीट गर्दै सबैलाई सचेत गराएकी छिन् । उनले ट्टीटमार्फत् सरकारविरुद्ध युवाहरुले गरिरहेको प्रदर्शनको ‘टाइमिङ’ माथि प्रश्न उठाएकी हुन् ।

कम्तिमा आजको दिन सरकारलाई सडकबाट दवाव दिनु उचित नभएको उनको तर्क छ । उनले एक ट्वीट गर्दै लेखेकी छिन् :

नेपालको संसदले आज देशको नयाँ नक्शालाई आधिकारिकता दिने गरी संविधान संसोधन गर्दैछ । त्यसैले यो ऐतिहासिक दिनको अवसरमा सरकारविरोधि प्रदर्शन नगर्न धेरैले सामाजिक सञ्जालमा आग्रह गरिरहेका छन् । तर, काठमाडौंसहित अन्य केही शहरमा प्रदर्शन रोकिएको छैन ।

अहिले संविधान संशोधनको विषयमा संसदमा मतदान गर्न बसेको प्रतिनिधि सभा बैठक चलिरहेको छ ।

यो पनि पढ्नुहोस् : 

महिला शक्तिसँग हार्‍यो कोरोना! 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?