नेपालमा कोरोना संक्रमण : कुन प्रदेशमा कति संक्रमित ? (विवरणसहित)

काठमाडौं – नेपालमा आज शुुक्रवार थप ४ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थपिएकामध्ये ४ सय २४ जना पुरुष छन् भने २४ जना महिला संक्रमित छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या ५ हजार ६२ पुगेको छ । कुल संक्रमितमध्ये ४ हजार ७ सय ९ जना पुरुष संक्रमित छन् भने ३ सय ५३ जना महिला संक्रमित छन् ।

स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले आज नेपालमा एकैपटक ४४८ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिँदै उनीहरु सबैको स्वासथ्य अवस्था सामान्य रहेको बताए ।

उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् । उनीहरुको सम्पर्कमा रहेकाहरुको कन्ट्याक ट्रेसिङ भईरहेको छ । नेपालमा हिजो बिहीवार एकैदिन २५० जनामा संक्रमण पुष्टि भएको थियो । आज थपिएका संक्रमितको संख्या एकैदिन पुष्टि भएका संक्रमितको हालसम्मकै उच्च संख्या हो ।

यसैबीच नेपालमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म १६ जनाको मृत्यु भएको छ भने ८७७ जना स्वास्थ्योपचार पछि निको भएका छन् ।

आज मात्रै नेपालमा थप १६ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । देशका ७७ मध्ये ७२ वटा जिल्लामा यो संक्रमण फैलिएको छ । ७ प्रदेशमध्ये कोरोनाको सबैभन्दा धेरै प्रभाव प्रदेश २ मा परेको छ ।

कुन प्रदेशमा कस्तो छ, अवस्था ? 

स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार प्रदेश २ मा १८७४ जना संक्रमित छन् । यहाँ १ जनाको मृत्यु भएको छ भने १ हजार ५१५ जना आईसोलेसनमा उपचाररत छन् । ३५८ जना उपचारपछि संक्रमुक्त भई घर फर्केका छन् ।

यहाँ १८ हजार ३ सय ७४ जना क्वारेन्टाईनमा बसेका छन् । यहाँका संक्रमित हेर्दा कुल संक्रमितको करिब ३ भाग हुन आउँछ ।

यो प्रदेशका सबै ८ जिल्लामा संक्रमण फैलिएको छ । बारा, पर्सा, रौतहट, सर्लाही, सिरहा, धनुषा, महोत्तरी, पर्सामा संक्रमित थपिईरहेका छन् ।

प्रदेश २ पछि प्रदेश ५ दोस्रो बढी संक्रमित भएको प्रदेश हो । यस प्रदेशमा ५ जनाको मृत्यु भएको छ भने १४४३ जना संक्रमित भएका छन् । यहाँ ११ सय ७१ जना आईसोलेसनमा उपचाररत छन् । यहाँका २६२ जना संक्रमणमुक्त भएर घर फर्केका छन् । यस प्रदेशका विभिन्न जिल्लाका ३४ हजार ९ सय ६५ जना क्वारेन्टाईनमा बसेका छन् ।

कर्णाली प्रदेश संक्रमणको हिसाबले तेस्रो नम्बरमा छ । प्रादेशीक रुपमा हेर्दा सबैभन्दा अन्तिममा दैलेख जिल्लामा फैलिएर सुरु भएको संक्रमण अहिले ७ प्रदेशको तुलना गर्दा तेस्रो नम्बरमा आउँछ । संक्रमित दिनप्रतिदिन बढेका छन् । यहाँ ८ सय ४२ जना व्यक्ति कोरोना संक्रमित भएका छन् । यहाँ ३ जनाको मृत्यु भएको छ । ८१४ जना आईसोलेसनमा उपचाररत छन् । हालसम्म २५ जना कोरोना जितेर घर फर्केका छन् ।

अन्य प्रदेशको यस्तो छ विवरण

 

आज थप एक जनाको मृत्यु, मृतक १२ दिनअघि भारतबाट आएका थिए
नेपालमा थप १ जनाको कोरोनाबाट मृत्यु भएको छ । यससँगै कोरोनाको कारण मृत्यु हुनेको संख्या १६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार अर्घाखाँचीको मालारानी गाउँपालिकाको क्वारेन्टाइनमा बसेर उपचारका लागि बुटवल गएर फर्कदै गर्दा बाटोमै मृत्यु भएका व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

मृत्यु हुनेमा ५७ वर्षीय पुरुष रहेका छन् । कोरोना संक्रमणको आशंकामा उनको स्वाब परीक्षण गर्दा बिहीवार रिपोर्ट पोजेटिभ आएको थियो ।

वडा नम्वर ४ ब्याडापाटाको सार्वजनिक आधारभूत विद्यालयमा रहेको क्वारेन्टाइनमा बसेका उनको उपचार गरी फर्कर्दै गर्दा बाटोमै मृत्यु भएको हो । घाँटीको शल्यक्रिया समेत गरेका उनलाई श्वासप्रश्वासमा समस्या आएपछि उपचारका लागि मङ्गलबार जिल्ला अस्पताल सन्धिखर्कमा सामान्य उपचारपछि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल सिफारिस गरिएको थियो ।

लुम्बिनी प्रादेशिक अस्पतालमा बुधबार उपचारपछि घर फर्कदै गरेका उनको गोरुसिंगे सन्धिखर्क सडकको कोन्द्रे खोलामा मृत्यु भएको थियो । योसँगै अर्घाखाँचीमा कोरोनाबाट दुई जनाको मृत्यु भएको छ ।

कहाँका हुन् आज थपिएकाहरु ?
विराटनगर अस्पतामा गरिएको परीक्षणमा ९ जना, शिक्षण अस्पतालमा गरीएको परीक्षणमा १० जना, भरतपुर अस्पतालमा भएको परीक्षणमा ८ जना र पाटन अस्पतालमा गरिएको परीक्षणमा धादिङका १ जनामा कोरोना पोजेटिभ देखिएको छ । यस्तै विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३१ जना, कोसी अस्पतालमा भएको परीक्षणमा १७ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा ३७ जना र भेरी अञ्चल अस्पताल प्रयोगशालामा १६ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा ३२ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा २३, धुलिखेल अस्पतालमा ८ जना, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा ८ जना, प्रदेशिक अस्पताल प्रयोगशाला सुर्खेतमा ८३ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा २४ जनामा पोजेटिभ दखिएको छ । यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा १ सय ४१ जनाको पोजेटिभ आएको छ ।

कति भयो जाँच ?
सरकारले पीसीआर परीक्षणको विधिलाई पछिल्लो समय तिव्रता दिएको छ । पछिल्लो २४ घण्टामा करिब ६ सय जनाको पीसीआर परीक्षण भएको छ । प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ५ हजार ९ सय २५ र आरडिटी विधिबाट ९ हजार ९ सय ९ जनाको नमुना परीक्षण भएको छ । अहिलेसम्म पीसीआर विधिबाट १ लाख २१ हजार ८ सय ६२ र आरडिटी विधिबाट १ लाख ८८ हजार ५२ जनाको नमुना परीक्षण भएको छ ।

क्वारेन्टाईनमा कति छन् ?
अहिले देशभरीका क्वारेन्टाइनमा १ लाख ५८ हजार ५० जना रहेका छन् ।

आईसोलेसनमा बस्ने कति छन् ?
आइसोलेसनमा ४ हजार १ सय ६९ जना उपचाररत रहेका छन् ।

निको भएकाको विवरण यस्तो छ: 

नेपालमा थप १६ जनाले कोरोना संक्रमण जितेका छन् । योसँगै नेपालमा कोरोना संक्रमण जित्ने को संख्या ८ सय ७७ पुगेको हो । आज काठमाडौंको बलम्बुबाट १ जना महिला र २ जना पुरुष डिस्चार्ज भएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै, पाटन अस्पतालबाट थप १ जना महिला डिस्चार्ज भएकी छिन् । साथै काठमाडौं मेडिकल कलेज दुवाकोटबाट २ जना महिला र १ जना पुरुष गरी जम्म ३ जना डिस्चार्ज भएका छन् ।  यसैगरी धरानबाट थप ८ जना पुरुष डिस्चार्ज भएका छन् ।

प्रवक्ता गौतमका अनुसार ह्याम्स अस्पताल काठमाडौंबाट १ जना डिस्चार्ज भएका छन् । कुल डिस्चार्ज भएका ८ सय ७७ जना मध्ये ७ सय ८६ जना पुरुष र ९१ जना महिला रहेका छन् ।

यो पनि पढ्नुहोस् : 

मालिक पुलबाट नदीमा हाम्फाले, ७ दिनसम्म पुलमा पर्खिरह्यो कुकुर ! 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?