काठमाडौं । सोलुखुम्बुमा आफ्नै बाबुको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका-४ लुचाम बस्ने १९ वर्षीय कुबेर कुलुङलाई आफ्नै बाबुको हत्या गरेको अभियोगमा शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
५७ वर्षीय उनका बाबु सन्त कुमार राई बिहीबार राति मादक पदार्थ सेवन गरेर घरमा पुगेपछि घरायसी विषयमा विवाद भई झगडा हुँदा कुबेरले आगो फुक्ने फलामको ढुंग्रोले बाबुको टाउकोमा प्रहार गरेका थिए ।
ढुंग्रोले लागेर गम्भीर घाइते भएका उनलाई उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया