स्थानीय सरकारलाई भूमिका बढाउन डब्लुएचओका नेपाल प्रतिनिधिको सुझाव

काठमाडौं । विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि डाक्टर जोस भ्याण्डिलेरले स्थानीय सरकारलाई कोरोना संक्रमण नियन्त्रणमा भूमिका र सक्रियता बढाउन सुझाव दिएका छन् ।

डाक्टर भ्याण्डिलेरलेस्थानीय सरकारले आफ्नो भूमिका र सक्रियता बढाएमा नेपालमा छिटै् नै कोरोना संक्रमणको जोखिम घटाउन सकिने समेत बताए । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय सरकारका पदाधिकारीका लागि गरेको अनलाईन प्रशिक्षण कार्यक्रममा संघ र प्रदेशको तुलनामा स्थानीय सरकारहरुले कोरोना केसको पहिचान र व्यवस्थित क्वारेन्टाइ बनाउने विषयमा महत्वपुर्ण भूमिका खेल्न सक्ने, बताए । आफ्नो क्षेत्रका प्रत्येक व्यक्तिलाई व्यक्तिगत स्वास्थ्य हेरचाह र सचेतना दिने विषयमा पनि उनीहरुको भुमिकाले उल्लेख्य सहयोग पुर्याउने बताए ।

उनले भने“ नेपालको कोरोना केही बाहेक समुदायमा फैलिएको अवस्था छैन । समुदायमा जान नदिन महत्वपुर्ण भूमिका स्थानीय सरकारका जनप्रतिनिधिको बढी हुन्छ । अहिले तत्कालको लागि नेपाल बाहिरबाट आउने नेपालीहरुलाई क्वारेन्टीनमा राख्ने र स्वास्थ्य परामर्श दिनु नै मुख्य रहेको छ । सानो सानो कामका लागि पनि स्थानीय सरकारले परिवार भित्र पुगेर काम गर्न सक्ने भएकाले उनीहरुको भूमिका ठूलो हुन्छ । त्यसका लागि समुदायसंगको सम्बन्ध गाढा बनाउनुपर्ने हुन्छ । साथै समुदायको स्वास्थ्य सेवा वाहेक अत्यावश्यक सेवामा समेत महत्वपुर्ण भूमिका निर्वाह गर्नुपर्ने हुन्छ ।”

कोरोना संक्रमण नियन्त्रणमा गरिएको अन्तराष्ट्रिय अभ्यासको बारेमा जानकारी गराउदै उनले सामाजिक र भौतिक दुरी कायम राख्दै मास्क,स्यानिटाईजर प्रयोग गर्नुको साथै साबुनपानीले हात धुनुपर्ने लगायतका स्वास्थ्य सचेतना फैलाउनुपर्नेमा जोड दिए । उनले नेपालमा समुदायमा गरिने परीक्षण किट (Mass Testing Kit) अभाव देखिएको ,नेपालमा कुल जनसंख्याको १ प्रतिशतमा मात्रै परीक्षण भएको र प्रति हजार शुन्य दशमलब १५ मा मात्रै संक्रमण भएको बताए ।

सिन्चुवान विश्वविद्यालयका प्रोफेसर डाक्टर टियान विङवीले चीनले जोखिम न्यूनीकरणका लागि गरेको राम्रा अभ्यास बारे जानकारी गराउँनुभएको थियो । उनले संक्रमण न्यूनीकरण तथा रोकथामका लागि जोखिम नक्सांकन गरी उच्च र निम्न जोखिमको वर्गिकरण गरी परीक्षण बढाउनुको साथै समुदायमा संक्रमण फैलन नदिने तर्फ कार्यक्रमहरु केन्द्रीत गर्नुपर्ने सुझाव दिए ।

कार्यक्रममा स्थानीय सरकारका पदाधिकारीहरुले कोभिड नियन्त्रणका लागि संघ र प्रदेश सरकारबाट आवश्यक स्वास्थ्य सामाग्री तथा बजेट व्यवस्था नगर्दा संक्रमण नियन्त्रणका लागि गर्नुपर्ने तयारीहरु हुन नसकेको गुनासो गरेका थिए ।

कार्यक्रममा संकटमा जनस्वास्थ्यका चुनौति र स्थानीय सरकारका प्राथमिकता बारे प्रकाश पारे । कार्यक्रममा स्थानीय सरकारका पदाधिकारी तथा त्यहा कार्यरत कर्मचारीहरुले जुम मार्फत सहभागीता जनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?