सुर्खेत, ५ फागुन । प्रदेश ६ मा माओवादी केन्द्रले नरेश भण्डारी र विमला केसीलाई मन्त्री बनाउने निर्णय गरेको छ मुख्यमन्त्रीको दाबेदार रहेका भण्डारीलाई मन्त्री बनाउने भएको हो । उद्यपि उनले कुन मन्त्रालय पाउने भन्ने टुंगो लागेको छैन मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शुक्रबार नै सपथ लिएका भएपनि एमाले र माओवादीले मन्त्रीको नाम टुंगो लगाउन नसक्दा मन्त्रिपरिषद गठन हुन सकेको थिएन आइतबार मन्त्रिपरिषद् गठन हुनेछ । प्रदेश ६ मा एमालेले तीन र माओवादीले दुई मन्त्रालय लिने सहमति भइसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया